नेभिगेसन मेनु

तेस्रो चाइना नेपाल मिडिया समिट तथा जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव काठमाण्डौंमा सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-09-26 20:56

IMG_5385

एस् ए टी भी, १० असोज काठमाण्डौंः तेस्रो चाइना नेपाल मिडिया समिट तथा जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव  काठमाण्डौंमा सम्पन्न भएको छ। एस् ए टी भी तथा नेपाल चाइना मिडिया फोरमको सह आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री सम्माननीय पृथ्वी सुब्बा गुरुङ, नेपाल स्थित चिनियाँ दूतावासका राजदूत छन् सोङ , नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेपाल स्थित चिनियाँ उद्यमीहरुको संस्थाका अध्यक्ष चु चिङ चुन, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा लगायतको उपस्थिति थियो।

IMG_5131

कार्यक्रम एस् ए टी भीको स्थापना पछिको कामको बारे विश्लेषण सहितको भिडियो प्रस्तुत गर्दै सुरु भएको थियो। नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल र चीनको सम्बन्ध पहिल्यै देखि सुन्दर रहँदै आएको र अब नेपाली तथा चिनियाँ सञ्चारमाध्यमले मिलेर यस किसिमको प्राचीन सम्बन्धलाई अझ प्रगाढ बनाउन पहल गर्नु पर्ने भन्नु भयो।

IMG_5148

नेपालका लागि चिनियाँ राजदूत महामहिम छन् सोङ्ले आफ्नो मन्तव्य राख्दै नेपाल र चिनको सम्बन्ध सधैँ राम्रो रहेको र चीनले सधैँ नेपाल र नेपालीको समृद्धि चाहेको बताउनु भयो। आफ्नो देशले ७५औँ स्थापना दिवस मनाइरहँदा धेरै खुट्किलाहरू चढेर आएकाले, गरिब देशको सुचीबाट धनी देशको सुचीमा पुग्दाका सङ्घर्ष र कथाहरूबाट पाठ सिक्न सकिने बताउनु भयो। साथै नेपालको अर्थतन्त्रमा सहयोग पुर्‍याउन नेपालबाट उत्पादित वस्तुहरूलाई कर नलाग्ने व्यवस्था गरेको जानकारी पनि गर्नु भयो।

IMG_5240

विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले रोमाञ्चकता थपेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले नेपाल र चीन बिचको लामो सुमधुर सम्बन्ध रहँदै आएको सम्झँदै जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नु भयो। प्रायः समय पत्रकारिता क्षेत्रको विकास र ती क्षेत्रले देश तथा छिमेकमा ल्याउने सकारात्मक परिवर्तनको व्याख्या गर्दै नेपाललाई चीन सरकारले पूर्वाधार विकासमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएको र यस सहयोगमा बढोत्तरीको आशा राखेको बताउनु भयो।

IMG_5364

कार्यक्रममा रिलायन्स स्कुलका छात्रछात्राले आइ लभ यु चाइना बोलको चिनिया गीत गाउनुका साथै विभिन्न कविहरूले कविता पनि प्रस्तुत गरेका थिए।

IMG_5332

एस् ए टी भी का अध्यक्ष तथा आयोजक हौ च्री होङ्ले यस सुमधुर समयमा भएको कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा अतिथिहरूलाई धन्यवाद अर्पण गर्दै एस् ए टी भी ले आगामी दिनमा पनि नेपाल र चीन सम्बन्ध सुधार तथा अपनत्व बढाउन यी र यस्ता कार्यक्रमहरू गरिराख्ने जनाउनु भयो।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर