नेभिगेसन मेनु

माथिल्लो तामाकोशीमा पहिरोमा परेकाको पहिचान खुल्यो, अवस्था अझै अज्ञात
सम्पादक:南亚网络电视
समय:2024-09-29 14:07

tamakoshi pahiro

एस् ए टी भी , १३ असोज दोलखा — माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको हेडवर्क्समा रहेको विद्युत् सञ्चालन केन्द्रमा पहिरोमा परेका ४ जनाको पहिचान खुलेको छ ।

शनिबार दिउँसो पहिरोले विद्युत् सञ्चालन केन्द्र पुरिँदा त्यहाँ सुरक्षार्थ खटिएको गरुड दल गणका सैनिक नरेन्द्रबहादुर पाल र शंकर चन्दसहित विद्युत् केन्द्रमा कार्यरत नवलपरासीको प्रतापपुरका कृष्णप्रसाद चौधरी र दोलखाको विगु गाउँपालिका–१ स्यालुका ३० वर्षीय जयराम तामाङ रहेको प्रहरीले जनाएको छ ।

उनीहरू ४ जनाको अवस्था अझैसम्म अज्ञात रहेको प्रहरीले जनाएको छ । उनीहरूको खाजी आइतबार बिहानदेखि सुरु गरेको प्रहरीले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर