नेभिगेसन मेनु

बाढी पहिरो तथा डुबान पीडितलाई सिएफआरडीका तर्फबाट राहत वितरण
सम्पादक:南亚网络电视
समय:2024-10-04 18:39

IMG_6562

एस् ए टी भी १८ असोज, काठमाण्डौँः चिनियाँ कम्युनिस्ट पार्टीले हालैका बाढी पहिरो र डुबान पीडितलाई पठाएको राहत सामाग्री काठमाण्डौँको टेकु स्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

 

IMG_6534

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागको समन्वयमा चाइना फाउण्डेसन फर रुरल डेभलपमेण्ट (सिएफारडी) मार्फत सामाग्रीहरू विभिन्न नेपाली राजनीतिक दलका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको हो ।

 

IMG_6556

कार्यक्रममा चिनियाँ दूतावासका काउन्सिलर वाङ सिन नेपाली काँग्रेसका स्थानीय तह समन्वय विभाग प्रमुख मधु आचार्यनेकपा एमालेको परराष्ट्र विभागको चाइना डेस्कका प्रमुख डा.गोपाल खनालका.म.न.पा. वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनलगायत सहभागी थिए ।

IMG_6569

कार्यक्रममा बोल्दै काउन्सिलर वाङले यस दुखद घडीमा चीन नेपालको साथमा उभिने बताउनु भयो। २०७२ को महा भूकम्प र कोभिडमा पनि आफूहरूले सक्दो सहयोग गरेको सम्झँदै उहाँले छिमेकीको दुखमा चीन टुलुटुलु हेरि बस्न नसक्ने बताउनु भयो। यस्ता प्राकृतिक घटनाहरू पुनः दोहोरिन सक्ने भन्दै सजगता अपनाउन पनि उहाँले सुझाव दिनु भयो।

 

IMG_6593

स्थानीय पीडितका तर्फबाट बोल्दै का.म.न.पा. वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जनले चिनियाँ कम्युनिस्ट पार्टी तथा चीन सरकारलाई धन्यवाद ज्ञापन गर्दै राहत सामाग्री असली पीडितको घरमा पुग्ने आश्वासन दिनु भयो।

IMG_6541

एक करोड नब्बे लाख सत्तरी हजार बराबरको राहत सामग्रीहरू सिएफआरडीका कार्यक्रम संयोजक दीपक रेगामीले एक एक गरी देखाउनु भएको थियो। चामलतेलदालओछ्याउने म्याट पानीको जारप्रेसर कुकर तथा अन्य थुप्रै दैनिक प्रयोजनका सामग्रीहरू राहत स्वरूप रहेका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर