नेभिगेसन मेनु

झ्याप्ले खोला पहिरो अपडेट : २९ वटा शव निकालियो
सम्पादक:南亚网络电视
समय:2024-09-29 15:07

jhyaple-khola

एस् ए टी भी , १३ असोज काठमाडौँ –  काठमाडौँ र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा गएको पहिरोबाट हालसम्म २९ वटा शव निकालिएको छ ।

विंगर र बसभित्रबाट ती शवहरू निकालिएको प्रहरीले जनाएको छ । यसअघि शनिवार साँझ १४ वटा शव निकालिएको थियो ।

आइतबार बिहानैदेखि स्काभेटर लगाएर पहिरो हटाउनेक्रममा बसबाट थप शवहरू भेटिन थालेको हो ।

घटनास्थलमा १ सय हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको छ भने ३ वटा जेसिवी मार्फत पहिरो हटाउने काम भइरहेको छ ।

पहिरोमा पुरिएको बस तथा शवको खोजी तीव्र पारिएको छ । पहिरो पन्छाउने कार्य जारी रहेकोले दुबैतर्फ सवारी साधन रोकिएका छन् ।

शनिबार गएको सो स्थानको पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । पहिरोकै कारण पृथ्वी राजमार्ग भएर काठमाडौँ आवाजामन ठप्प छ।

उक्त पहिरोमा कति वटा सवारी साधन पुरिएका छन् भन्नेबारे अझै यकिन हुन सकेको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर