नेभिगेसन मेनु

प्रधानमन्त्री ओलीसँग विश्व बैंकका अध्यक्ष बंगा र यूएसएआईडीकी प्रमुख प्रशासक पावरले गरे भेटवार्ता
सम्पादक:南亚网络电视
समय:2024-09-25 12:19

world bank

एस् ए टी भी , काठ्माण्डौं, ०९ असोज — संयुक्त राष्ट्र संघको ७९ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युयोर्कमा मंगलबार साइडलाइनमा विश्व बैंक समूहका अध्यक्ष अजय बंगा र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहायता संस्था (यूएसएआईडी) का प्रमुख प्रशासक सामन्था पावरले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले र विश्व बैंक समूहका अध्यक्ष बंगाले नेपाल र विश्व बैंकबीच सहकार्यको बारेमा कुराकानी भएको थियो । ओलीले विश्व बैंकले नेपालको महत्त्वपूर्ण परियोजनाहरु, बजेटरी सहायता र प्राविधिक सहयोगलाई लिएर प्रशंसा गरेका न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

साथै, प्रधानमन्त्री ओली र यूएसएआइडीकी प्रमुख प्रशासक सामन्था पावरबीचको भेटवार्तामा अमेरिकाले यूएसएआईडीमार्फत गरेको सहयोगहको बारेमा कुराकानी भएको थियो । अघिल्लो वर्ष प्रमुख प्रशासक पावरले नेपालको भ्रमण गरेकी थिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर