नेभिगेसन मेनु

६.९० अंकले बढ्यो नेप्से, साढे १३ अर्बको कारोबार
सम्पादक:南亚网络电视
समय:2024-09-03 18:21

nepal-stock-exchange-nepse-1_20210207151956_tqaHFR8RVY_jbL6RtOLFc

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६.९० अंकले बढेको  छ । आज कुल १०६ कम्पनीको मूल्य बढ्यो भने १३३ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । 

आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच भए । कुल १ लाख ४४ हजार १९७ पटकको सेयर किनबेचबाट १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ काराबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ८ उपसमूह घट्यो भने ५ उपसमूह बढ्यो । बढ्ने उपसमूहहरूमा निर्जीवन बिमा ६४९.८० अंकले बढ्यो । जीवन बिमा ३१८.३१ अंक र विकास बैंक ७४.०८ अंकले बढ्यो । घट्ने उपसमूहहरूमा फाइनान्स उपसमुह ५८.४६ अंक र हाइड्रोपावर १७.६९ अंकले घट्यो ।

एनएलजी इन्स्योरेन्स कम्पनी, सिन्धु विकास बैंक, मातृभुमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लुघवित्त वित्तीयस संथा, मानुषि लघुवित्त वित्तीय संस्था, विन्धाबासिपनि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर