नेभिगेसन मेनु

प्रहरी डीएसपी नै आईएसआईएसको मतियार !
सम्पादक:南亚网络电视
समय:2024-09-09 12:15

interpol

२४ भाद्र, काठमाडौं : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत डीएसपी हेमबहादुर शाही प्रहरी नियन्त्रणमा छन्। प्रहरी प्रधान कार्यालयले उनीमाथि छानबिन गरिरहेको छ। उनीमाथि लगाइएको कसुरको आंशका भने सानो छैन। उनीसहित ३ जना नेपाली नागरिकविरुद्ध अपराधिक गतिविधिमा संलग्न समूह ‘आईएसआईएस’ को मतियार भएर काम गरेको आरोप छ। 

कैलाली घर भएका डीएसपी हेमबहादुर शाही, कालीकोटका महेन्द्रजंग शाह र कालीकोटकै दिपेन्द्रबहादुर शाह इन्टरपोलको शंकाको घेरामा परेका हुन्। प्रहरी प्रधान कार्यालयका प्रवक्ता दानबहादुर कार्कीका अनुसार कार्कीसहित अन्य तीन जनाका विषयमा इन्टरपोलबाटै जानकारी माग गरिएकाले प्रहरी प्रधान कार्यालयले पनि अनुसन्धान सुरु गरेको हो। 

विशेषतः डीएसपी कार्की र विवादित छविका कालीकोटका नागरिक महेन्द्रजंग शाहसँगको सम्वन्धका विषयमा छानबिन सुरु गरिएको हो। विवरण माग गरिएका तिनै जनामाथि नेपाल प्रहरीलेसमेत अनुसन्धान र छानबिन गरिरहेको छ। महेन्द्रजंग नेपालमा भन्दा विदेशमा नै बढी बस्ने गरेको सूचना प्रहरीले प्राप्त गरेको छ। प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल) को नेशनल सेन्ट्रल ब्युरो (एनसीबी) सिंगापुरले नेपाल प्रहरीको इन्टरपोल शाखा ‘एनसीबी’ काठमाडौंंलाई तीनैजनाको विवरण माग्दै पत्र लेखेको थियो। 

उनीहरूको सम्पूर्ण विवरण र पृष्ठभूमि समेत माग गर्दै पत्र आइसकेपछि प्रहरी प्रधान कार्यालयले समेत छुट्टै अनुसन्धान र छानबिन गर्दै छ। कालीकोटका महेन्द्रजंग शाहमाथि सिंगापुर प्रहरीले ‘आईएसआईएस’ मा संलग्न भएको आशंकामा अनुसन्धान गरिरहेको छ। 

प्रहरीका अनुसार एनसीवी सिंगापुरले महेन्द्रजंग शाह आतंकवादी गतिविधिमा संलग्न अतिवादी संगठन आईएसआईएससँग आर्थिक कारोबारमा जोडिएको आंशका गरेको छ। उक्त संगठनका मतियारहरू नेपालमा अन्य पनि रहेको हुनसक्ने अनुमान छ। प्रहरीले शंकास्पद अन्य व्यक्तिहरूको पनि निगरानी गरिरहेको छ। 

के हो आईएसआईएस ? 

विभिन्न अपराधिक कार्यमा संलग्न भएको आर्र्ईएसआईएस एक अन्तर्राष्ट्रिय संगठन हो। इराक र सिरियामा सबैभन्दा बढी सक्रिय यो संगठन हाल सबै देशहरूमा फैलिएको छ। (इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया) पूर्वलडाकु, सैनिक तथा बालबच्चालाई पनि संलग्न बनाएर स्थापना भएको यो संगठनमा ४० हजार सैनिक रहेको बताइएको छ। यस संगठनमा करिव २ लाख मानिस आबद्ध भएको सुरक्षा अधिकारीहरू जनाउँछन्। यसलाई आईएसको इस्लामिक स्टेट भनेर पनि चिनिन्छ। इराक र सिरियासँगै खाडीका र अफ्रिकी मुलुकमा आईएसआईएसको ठूलो सञ्जाल रहेको प्रहरीको दाबी छ। 

के हो इन्टरपोल ? 

इन्टरपोल एक अन्तर्राष्ट्रिय प्रहरी संगठन हो। इन्टरपोल अन्तरदेशीय रूपमा हुने अपराधविरुद्ध लड्न बनाइएको प्रहरीहरूको अन्तर्राष्ट्रिय संगठन हो। एक देशमा अपराध गरेर अपराधीहरू अन्य देशमा लुक्न जाने र उता अपराध गरेर यता आउने अपराधीहरूलाई कानुनी दायरामा ल्याउन प्रहरीको इटरपोल सक्रिय छ। यो संगठनको माध्यमबाट नै अन्तर्देशीय अपराधहरू न्यूनीकरण गर्न र अनुसन्धान गर्न समन्वय हुने गर्छ। 

विभिन्न देशका प्रहरीहरूबीच सहकार्य गरी अन्तर्राष्ट्रिय अपराधिक गतिविधिविरुद्ध संयुक्त रूपमा कार्य गर्नका लागि इन्टरपोल सक्रिय छ। यो संगठनमा संलग्नता भएका देशहरूले अन्तर्देशीय अपराध न्यूनीकरण गर्न रेड नोटिस, यल्लो नोटिसलगायतका विभिन्न नोटिस जारी गरि अपराधी पक्राउ गर्न  सहकार्य गर्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर