नेभिगेसन मेनु

नेपालकै ठूलो लगानीसम्बन्धी कम्पनी बनाउने तयारी हुँदैछ: एनआरएनए अध्यक्ष
सम्पादक:南亚网络电视
समय:2024-09-04 13:52

1725427415_badri-1200x560

१९ भाद्र २०८१ः गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले विदेशमा बस्ने ६० लाख नेपालीको सहयोगमा नेपालमा सबैभन्दा ठूलो लगानी कम्पनी खोल्ने तयारी भइरहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ यूरोपको संयोजनमा लस्टरमा मंगलवार आयोजित एनआरएनएका आधार, नागरिकता र सम्पतिको अधिकार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. केसीले सो कुरा बताए।

डा. केसीले भने, ‘अहिले विदेशमा रहेका पहिलो पुस्ताबाट ठूलो लगानीहरु नेपालमा लैजान सम्भव छैन्। ६० लाख नेपालीले थोरै लगानी गर्दा पनि ठूलो रकम जम्मा गर्न सकिन्छ भनेर एनआरएनए डेप्लोमेन्ट फण्डको स्थापना गरिएको हो। यो अब छ्टिै कार्यान्वयनमा आउँछ।’

उनले नेपाल सरकारको समेत ५ प्रतिशत लगानी रहेको १० अर्बको फण्ड रहेको कम्पनीमा विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले लगानी गर्न पाउने बताए।

डा. केसीले भने, ‘एनआरएनए डेप्लोमेन्ट फण्डको स्थापना अन्तराष्ट्रिय मापदण्ड अनुरुप अघि बढेको छ। यसलाई कमसेकम सिंगापुरको शेयर बजारमा सूचिकृत गर्न प्रयास गर्छौ। विदेशी शेयर बजारमा सूचिकृत हुने यो पहिलो नेपाली कम्पनी हुनेछ।’

उनले एनआरएनए डेप्लोमेन्ट फण्डमा सुरुमा विदेशमा बस्ने नेपालीहरुलाई मात्र शेयर बिक्री गरिने बताए। डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीमा शुरु हुने सो कम्पनी नेपालकै ठूलो र पारदर्शी कम्पनी हुने दावी गरे।

उनले गैरआवासीय नेपालीहरुबीच एउटै आवाज हुँदा मात्र पूर्णअधिकारसहितको नागरिकता स्थापित गर्न सम्भव  हुने बताए। डा. केसीले अब संविधान संशोधन हुँदा गैरआवासीय नेपालहरुलाई पूर्णअधिकारसहितको नागरिकताको व्यवस्था गर्न माग गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव टिका गुरुङ, एनआरएनए अभियान्ता पशुपति पोखरेल, यूरोप उपसंयोजक महेश अधिकारी, राश्वपा यूकेका अध्यक्ष पवन शर्मालगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए।

कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य विष्णु चालिसेले गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर