नेभिगेसन मेनु

१४ करोडको अचार निर्यात
सम्पादक:南亚网络电视
समय:2024-08-29 13:13

thumb (13)

पर्सा — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट गत आर्थिक वर्षमा १४ करोडभन्दा बढीको अचार निर्यात भएको छ । विभिन्न नेपाली ब्रान्डका अचार तेस्रो मुलुकतर्फ निर्यात भएको बन्दरगाहस्थित भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा १४ करोड २६ लाख ४ हजार ४ सय २० रुपैयाँ बराबरको १ लाख ६९ हजार किलो नेपाली अचार निर्यात भएको भन्सार कार्यालयको तथ्यांक छ ।

अघिल्लो आर्थिक वर्षमा यस नाकाबाट १० करोड ३ लाख रुपैयाँ बराबरको १ लाख ४६ हजार किलो अचार निर्यात भएको कार्यालयका प्रवक्ता सुशीलप्रसाद शर्माले बताए । यो नाका हुँदै बर्सेनि नेपाली अचारको निकासी बढ्दो क्रममा रहेको उनको भनाइ छ ।

‘तेस्रो मुलुकमा बर्सेनि विभिन्न नेपाली ब्रान्डको माग र त्यसैअनुरूप निकासीसमेत बढ्दो क्रममा छ,’ शर्माले भने, ‘पछिल्लो केही वर्षयता नेपाली महिलामा बढेको उद्यमशीलता र उनीहरूले उत्पादन गरेका विभिन्न ब्रान्डका अचारले विशेषगरी तेस्रो मुलुकमा बस्ने नेपाली उपभोक्ताबीच लोकप्रियता कमाएको छ । त्यसैको परिणाम नेपाली अचारको माग विदेशमा बढेको छ ।’

नेपालबाट अचार निर्यात हुने मुलुकमा अस्ट्रेलिया पहिलो नम्बरमा छ । नेपाली उत्पादन निर्यातलाई प्रोत्साहन गर्न न्यूनतम भन्सार शुल्क लाग्ने गरेको शर्मा बताउँछन् । ‘स्वदेशी उत्पादनको निकासीलाई प्रोत्साहित गर्न यस्तो नीति लिइएको हो,’ उनले भने ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर