नेभिगेसन मेनु

सेयर बजारमा १११.९६ अंकको पहिरो, २२३ कम्पनीको मूल्य घट्यो
सम्पादक:南亚网络电视
समय:2024-08-27 18:02

NEPSE-FI

काठमाडौँ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको छ । बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको बजार अन्तिम समयसम्म ३.८६ प्रतिशतले घट्दै २७८२.६० विन्दुमा झर्न पुगेको हो । 

नेपाल स्टक एक्सचेजका अनुसार १११.९६ अंकले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ । जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ ।

आज होटल तथा टुरिजम समूहको उपसूचक झिनो (०.४३ प्रतिशत) ले बढ्नुबाहेक अरु १२ वटा उपसूचक ऋणात्मक भएका छन् । बैंकिङ, डभलपमेन्ट बैंक, फाइनान्स र इन्भेष्टमेन्ट समूहको उपसूचक ४ प्रतिशतमाथिले घट्दा आज हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र अन्य समूहको उपसूचक ३ प्रतिशतमाथिले घटेका छन् । 

म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक २ प्रतिशतमाथिले घटेका छन् । आज म्युचुअल फण्डको समूहको उपसूचक भने १.०९ प्रतिशतले घट्न पुगेको छ । 

तथापि, आज तारागाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र डोटी पोवर कम्पनीको सेयर मूल्य समान १० प्रतिशतले बढ्दा यता नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले नै घट्न पुगेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर