नेभिगेसन मेनु

नाडा अटो शोको १६औं संस्करण सम्पन्न, बेस्ट स्टलमा गाडीतर्फ रिडारा र दुई पाङ्ग्रेमा एथर
सम्पादक:南亚网络电视
समय:2024-09-01 21:25

NADA

काठमाडौं। नाडा अटो शोको १६औं संस्करण सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आयोजनामा भदौ ११ गते सुर भएको प्रदर्शनी आइतबार सम्पन्न भएको हो। 

नाडाका अध्यक्ष करण चौधरीले प्रदर्शनीले अटो क्षेत्रमा एक वर्षभरिका लागि उर्जा थपेको बताए। प्रदर्शनीमा शनिबारसम्म २ हजार ४०० गाडी बुकिङ भएका थिए। आइतबार ६ सयभन्दा धेरै सवारी साधन बुकिङ भएको व्यवसायीहरुको दाबी छ। तर यकिन तथ्यांक आउन बाँकी छ। 

अध्यक्ष चौधरीले यसपालिको अटो शोबाट सरकारसमक्ष राम्रो सन्देश गएको बताए। ‘अटो क्षेत्रप्रति लचिलो नीति लिनका लागि सरकारमा दबाब पुगेको छ। गभर्नरले अटो क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएउनुभएको छ,’ उनले भने, ‘अटो शोले दसैं आएको महशुस गराएको छ।’

मेलाको अन्तिम दिन गाडी बिक्रेताहरुलाई सम्मान गरिएको छ। चारपाङ्ग्रेतर्फ रिडारा र दुई पाङ्ग्रेमा एथर बिक्रेताले बेस्ट स्टलको अवार्ड पाएका छन्। 

यसैगरी उत्कृष्ट ल्यूव, टायर, पार्टसलगायत स्टलको अवार्ड भिडोल ल्युबले जितेको छ।

कमर्सियलमा सोकोन ब्रान्डले अवार्ड पाएको छ। बेस्ट स्टल छान्ने जिम्मेवारी नाडाका कार्यसमिति सदस्य पंकज अग्रवाल नेतृत्वको समितिलाई दिइएको थियो। 

‘यसपटक उत्कृष्ट स्टल छनोटमा हामीलाई निकै गाह्रो भयो। सबै कम्पनीले आफ्नो स्टल उत्कृष्ट बनाएका थिए। हामीले राम्रो मध्येबाट एउटा उत्कृष्ट छनोट गरेका हौं,’ अग्रवालले भने।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर