उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल सोमबार राति चीन प्रस्थान गरेका छन् । चीनका उपप्रधानमन्त्री ही लिफेङको निमन्त्रणामा अर्थमन्त्री पौडेल चीन प्रस्थान गरेका हुन् ।
उनले चीन सरकार र ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट इनोभेसन एन्ड नलेज सेन्टरले बेइजिङमा आयोजना गर्ने ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । अर्थमन्त्री पौडेल आगामी शनिबार स्वदेश फर्किनेछन् ।