नेभिगेसन मेनु

इरानमा हमास नेता हानिया मारिएपछि मध्यपूर्व तरंगित
सम्पादक:南亚网络电视
समय:2024-08-01 11:46

thumb

काठमाडौँ — प्यालेस्टिनी पूर्वप्रधानमन्त्री तथा हमास नेता इस्माइल हानिया इरानी राजधानी तेहरानमा मारिएका छन् । उनी ६२ वर्षका थिए । प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्ना प्रमुख नेता हानिया तेहरानको एक आक्रमणमा मारिएको पुष्टि गरेको छ । आक्रमणमा हानियाका एक अंगरक्षक पनि मारिएको इरानको रेभलुस्नरी गार्ड कोर्प्सले जनाएको छ ।

त्यस्तै साउदी सञ्चारमाध्यम ‘अल हदत’ ले हानियाको हत्याका लागि ‘निर्देशित क्षेप्यास्त्र’ (गाइडेड मिसाइल) प्रहार भएको जनाएको छ । हानिया बसेको तेहरानस्थित भवनमा स्थानीय समयअनुसार बिहान २ बजे उक्त क्षेप्यास्त्र प्रहार गरिएको अल हदतमा प्रकाशित समाचारमा उल्लेख छ । इरानी रेभलुस्नरी गार्डसँग आबद्ध ‘फार्स न्युज’ का अनुसार आक्रमणका बेला हानिया तेहरानको उत्तरी क्षेत्रमा पूर्व सैनिकहरू बस्ने भवनमा थिए । हानियाको मृत्यु ‘आकाशबाट आएको क्षेप्यास्त्र’ का कारण भएको फार्स न्युजले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर