नेभिगेसन मेनु

सरकारले गर्यो जहाज दुर्घटनामा मृत्यु भएकाको शोकमा आज राष्ट्रिय झण्डाआधा झुकाउने निर्णय
सम्पादक:南亚网络电视
समय:2024-07-25 11:55

WeChat Screenshot_20240725093909

एस् ए टि भी, साउन १० गते । बुधवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेर मृत्यु भएका १८ जनाको शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । 

जहाज दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो । बैठकले बिहीवार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

यससँगै बैठकले जहाज दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । 

नागरिक उड्ययन प्राधिकरणका पूर्वडीजी रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।

मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा उडान भर्ने क्रममा सौर्य एयरको जहाज बुधवार बिहान दुर्घटनामा परेको थियो । 

उडान भरेको केही सेकेण्डमै दुर्घटनामा परेको जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको छ । जहाजका चालक मनीषरत्न शाक्यको जीवितै उद्धार गरिएको थियो । घाइते भएर उपचारत उनी खतरामुक्त रहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर