नेभिगेसन मेनु

पछाडिको ढोकाबाट छिरेर नगर प्रहरीद्वारा सिडियो कार्यालयको छाप भटाभट
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:44

nagarpramukh_LkG3TzEf6c

धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रहरी प्रमुख (नायव निरीक्षक) तेजबहादुर लामिछानेले जिल्ला प्रशासन कार्यालयको छाप आफूखुशी प्रयोग गरेको पाइएको छ । निजले हिजो बिहान कार्यालय नखुल्दै जिल्ला प्रशासन कार्यालयको ९ नम्बर कोठामा रहेको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कार्यालयको छाप प्रयोग गरेका हुन्  । 

फाँटका कर्मचारीहरु हाजिर हुन नभ्याउँदै कागजमा छाप हानिरहेको देखेपछि प्रशासनका एकजना कर्मचारीले सहायक प्रमुख जिल्ला अधिकारीसहित कार्यालयका अधिकृतहरुलाई खबर गरेका थिए । सोधपुछको क्रममा पासपोर्ट बनाउन लाइन बस्नेका लागि प्रशासन कार्यालयले सेवाग्राहीलाई दिने टोकनमा छाप लगाएको बताएका थिए । 

तर लामिछानेले अरु कागजमा पनि छाप लगाएकोबारे कर्मचारीले आशंका गरेका छन् । दुई वटा कागजमा छाप लगाइरहेको देखेपछि कार्यालयका कर्मचारीले सोधीखोजी गर्दा ‘म को हो ? चिनेको छ ?’ भन्दै कुमले धकेलेर कोठाबाट निस्किएको ती कर्मचारीले बताए ।

हिजो बिहान साढे ९ बजेको समयमा जिल्ला प्रशासन कार्यालय भवनको मूलढोका नखुल्दै पछाडिको ढोकाबाट प्रवेश गरेका लामिछानेसँग एक जना महिला पनि साथमा रहेको बताइन्छ । कार्यालयको सिसिक्यामेरा फुटेजमा पनि उनी प्रशासन कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा प्रवेश गरी कागजमा छाप लगाएको देखिएको छ ।

यस्तो कार्य गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को देहाय ‘ग’ को कसुरमा ‘घ’ बमोजिम सरकारी छाप दस्तखत किर्ते गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय र ५० हजारसम्म जरिवाना गर्न सकिने कानूनी व्यवस्था छ । ‘कसैले किर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्ता काममा प्रयोग हुन सक्छ भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब कारण भई किर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफूसँग राख्नु हुँदैन’ मुलुकी अपराध संहिता २०७४ मा भनिएको छ तर लामिछानेले जिल्ला प्रशासन कार्यालयको नागरिकता, राहदानीलगायत महत्वपूर्ण कागजातमा प्रयोग हुने छाप नै आफूखुशी प्रयोग गरेका हुन् ।

असार १२ गतेदेखि जिल्ला प्रशासनको नागरिक सहायता कक्ष तथा दर्ता चलानी फाँटबाट कार्यालयको छाप हराइरहेको कर्मचारीले बताएका छन् । छाप हराएदेखि कार्यालयमा त्यस्ता व्यक्तिहरुको गतिविधिबारे निगरानी बढाइएको र हिजो लामिछानेले सम्बन्धित कर्मचारी हाजिर हुनु अगावै कोठामा छिरेर अनुमतिबिना छाप प्रयोग गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले बताए ।

दर्ता चलानी कक्षबाट हराइरहेको छाप पनि लामिछानेले नै उछिट्याएको हुनसक्ने बलियो आधार हिजोको घटनाले देखाएको छ । छाप नै चोरी गरी प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने विभिन्न सिफारिस तथा पूर्जिहरु (जस्तैः बिदाको दिन सवारी चलान अनुमतिपत्र बनाउने, कार्यालयको लेटरप्याड र छाप प्रयोग गरेर अनाधिकृत सिफारिस गरेको हुनसक्ने र त्यस्ता सिफारिसहरु कार्यालयको अभिलेखमा नराख्ने÷नहुने) गरी छापको दुरुपयोग गरेको हुनसक्ने आशंका गरिएको छ ।

सँधै आफूलाई मेयरको अति निकटस्थको रुपमा प्रस्तुत गर्दै आएका उनको अराजक शैलीका कारण नीलकण्ठ नगरपालिकाकै कर्मचारी र सेवाग्राहीहरुले समेत छायाँ मेयर र लोकल आईजिपीको उपनाम दिने गरेका छन् । सदरमुकाम आसपास भएर गुड्ने सवारी साधनका चालकहरुसँग गरिने कुराकानी सहज नभएपछि चिट थमाइदिने गरेको आरोप पनि उनीमाथि छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर