नेभिगेसन मेनु

धादिङ नेविसंघमा चरम गुटबन्दी, जिल्ला सभापतिकै समानान्तर कमिटी
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:36

nbs_tca9upf2TE

नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) धादिङमा चर्को गुटबन्दी देखिएको छ । दुई समूहको लुछाचुँडीबीच पार्टी कार्यालयमा हिजो आयोजित एक कार्यक्रममा दिनेश श्रेष्ठको अध्यक्षतामा समानान्तर कमिटी गठन गरिएको छ । त्यसपछि संघभित्रको गुटबन्दी छरपष्ट भएको हो ।

संघको केन्द्रीय समितिबाट यसअघि आधिकारिक टिकट ल्याएपछि जिल्लामा विभिन्न गतिविधि गर्दै आएका सुदीप गौलीलाई अध्यक्ष स्वीकार गर्न नसक्ने भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी बनाएका हुन् । हिजो गठित समानान्तर कमिटीका अध्यक्ष श्रेष्ठ काँग्रेस धादिङका सभापति एवम् गत साता कृषिमन्त्रीमा नियुक्त रामनाथ अधिकारी पक्षधर हुन् । गौली काँग्रेस जिल्ला अधिवेशनमा सभापतिका प्रत्यासी एवम् नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना पक्षधर हुन् ।

असन्तुष्ट पक्षले केन्द्रीय कमिटिले जिल्ला अध्यक्षमा हस्तक्षेप गर्न नहुने र भूगोलमा चुनाव हुनुपर्ने माग गर्दै गौली नेतृत्वमा हुँदै आएका गतिविधिहरु समेत लामो समयदेखि अस्वीकार गरेको छ । केही दिनअघिको एसईई उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम श्रेष्ठ पक्षधरहरुले बहिष्कार गरेका थिए ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले २०७९ फागुन १८ गते तीन महिनाभित्र जिल्ला अधिवेशन सक्नेगरी गौलीलाई अध्यक्षमा नियुक्त गरेका थिए । काँग्रेस जिल्ला कार्य समितिसँग नेविसंघ केन्द्रीय कमिटिले अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गर्न आग्रह गरेको थियो । जिल्लाले नाम पठाउन नभ्याउँदै शेर्पाले गौलीलाई जिल्ला अध्यक्ष पदमा नियुक्त गरेको पत्र पठाइदिए । काँग्रेस जिल्ला कार्यसमितिको सिफारिस बिना नेविसंघ केन्द्रबाट गुुटगत आधारमा गौलीको नाम पठाइएको भन्दै काँग्रेस जिल्ला कार्यसमितिले अस्वीकार गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर