नेभिगेसन मेनु

घुस लिँदै गर्दा लेखा अधिकृत पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-07-22 15:29
573

1721625801_bp_cancer_bharatpur-1200x560

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई भरतपुर महानगरपालिका वडा नं। ७ कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतवार दिउँसो घुससहित पक्राउ गरेको हो।

आयोग हेटौँडाका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले कोइरालालाई रु एक लाख ५० हजार नगद र रु चार लाख ५० हजारको चेकसहित पक्राउ गरिएको बताए।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसँग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको उनको भनाइ छ।

अस्पतालको औषधि खरिदको भुक्तानी गर्दा कोइरालाले घुस लिन लागेको बताइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्(0)
उप्पर