नेभिगेसन मेनु

डुबान देखाउँदै बालेनले ओलीलाई भने-भोटको राजनीति नगर
सम्पादक:南亚网络电视
समय:2024-07-07 12:51

Balen-sah-_______

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सुकुम्बासीमाथि भोटको राजनीति नगर्न आग्रह गरेका छन् ।

शनिबार साँझ सामाजिक संजालमा अविरलवर्षापछि  डुबानमा परेका सुकुम्बासी वस्तीका तस्वीर शेयर गर्दे मेयर बालेनले यस्तो आग्रह गरेका हुन् ।

आज काठमाडौंमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला वस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो’ उनले लेखेका छन, ‘ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सधैँ गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि ।’

यस्तै उनले प्रश्न गरेका छन्, ‘उहाँहरुलाई जसरी ३० वर्ष झुलाइसक्नुभयो, अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

काठमाडौंमा लगभग २ हजार  परिवार खोला छेउमा बस्ने गरेको भन्दै बालेनले गिरीवन्धुको जग्गा प्रकरण देखाएर कडा व्यङ्गय पनि गरेका छन् ।

उनी लेख्छन्,  ‘तपाईले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५ हजार परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर