नेभिगेसन मेनु

रास्वपाले बनायो राजदूत सिफारिस सम्बन्धी मापदण्ड, आम नागरिकले निवेदन दिन पाउने
सम्पादक:南亚网络电视
समय:2024-06-24 13:23

448664784_1019082013168209_3795228768619818457_n-1

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको राजदूत सिफारिस सम्बन्धी मापदण्ड तयार पारेको छ ।

उपसभापति डा. स्वर्णिम वाग्ले, सांसदहरू शिशिर खनाल र सोविता गौतम रहेको समितिले ४ पृष्ठ लामो मापदण्ड बनाएको हो ।

समितिले निर्माण गरेको मापदण्ड आजै सभापति रवि लामिछानेलाई बुझाएको छ ।

सोही मापदण्डमा रहेर पार्टीले राजदुत सिफारिश गर्ने सदस्य शिशिर खनालले बताए ।

यसकालागि पार्टीले सार्वजनिक आह्वान गरेर नाम माग्ने छ । आम नागरिकले राजदुतका लागि निवदेन दिन सक्ने छन् ।

मापदण्ड भित्र पर्ने जो कोहीलाई पनि सिफारिस गर्न सकिने खनालले बताए । रास्वपाको भागमा दुई राजदुत परेका छन् । यद्यपी रास्वपाले पाउने देशको भने टुङ्गो लागेको छैन ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर