नेभिगेसन मेनु

गाउँ गाउँमा कालोपत्रे सडक
सम्पादक:南亚网络电视
समय:2024-06-02 11:42

dang-sadak

जेठ २० गते । कुनै समय विकासमा पछि परेको दाङको बबई गाउँपालिकामा पछिल्लो समय सडक विकासले गति लिएको छ । पालिकाका विभिन्न वडामा रहेका बस्तीलाई सडक सञ्जालसँग जोड्न नयाँ ट्र्याक निर्माणसँगै पुराना सडक स्तरोन्नति गरेर कालोपत्रे गर्ने काम धमाधम चलेको छ । 

देश सङ्घीय संरचनामा गएसँगै स्थानीय तहमा जनप्रतिनिधि आएपछि गाउँ गाउँमा सडक पुर्‍याउन स्तरोन्नतिसहित कालोपत्रेको काम भइरहेको छ ।

जनताको अपेक्षा अनुसार जनप्रतिनिधिले काम गर्दा जनतासमेत खुसी भएका छन् । सडक सञ्जालको विकासले पहिलेका विकट बस्तीका रूपमा परिचित गाउँ पछिल्लो समय सडक सञ्जालसँग जोडिएपछि जनतालाई हिँडडुल गर्न सहज भएको छ । बबई गाउँपालिका–५ निवासी स्थानीय मानबहादुर केसी सडक बन्दा निकै सहज भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लामो समयपछि भए पनि गाउँमा सडक कालोपत्रे भएको छ । यसले जनतालाई हिँडडुल गर्न सजिलो भएको छ । पानी पर्दा हिलो र धुलो उड्ने समस्या हट्ने छ ।” उहाँले खोलामा कलभर्ट निर्माण भएकाले वर्षामा हुने यातायातको समस्या हट्ने बताउनुभयो । स्थानीयलाई त्यहाँको हापुरे बजारसम्म किनमेलका लागि आउन सहजता भएको उहाँ बताउनुहुन्छ । 

बबई गाउँपालिकामा प्रदेश सरकारको समपूरक बजेट अन्तर्गत चालु आर्थिक वर्षमा चार वटा सडक स्तरोन्नतिसहित कालोपत्रे हुँदै छन् । बबई गाउँपालिका पूर्वाधार शाखा इन्जिनियर राजेश देवकोटा यीमध्ये तीन वटा सडक कालोपत्रे भइरहेको बताउनुहुन्छ । पूर्वाधार शाखा इन्जिनियर देवकोटाका अनुसार चालु आवमा बबई गाउँपालिकामा प्रदेश सरकार र पालिकाको आन्तरिक स्रोत अन्तर्गत चार वटा सडकको कालोपत्रे गर्ने काम भइरहेको छ । 

सडक विस्तारसँगै कालोपत्रे गरिएपछि साँघुरा, घुलाम्मे हुने गोरेटा बाटो पक्की बन्नुका साथै चौडाइ हुने भएपछि स्थानीय खुसी देखिएको उहाँ बताउनुहुन्छ । गाउँ गाउँमा सडक स्तरोन्नति, नाला निर्माण, कलभर्ट निर्माणसँगै सडक कालोपत्रे गर्ने काम भइरहेको बताउनुभयो । उहाँका अनुसार प्रदेश समपूरक बजेट अन्तर्गत ५०/५० प्रतिशतमा करिब दुई करोडको बजेटमा चार वटा सडक कालोपत्रे गर्ने काम भइरहेको छ । चालु आवभित्र बबई गाउँपालिका–३ को बसपार्कदेखि घट्टेखोलासम्मको पाँच सय मिटर सडक, वडा नं. ४ को सूर्यनगर–चन्द्रनगर हुँदै विद्यानगर जोड्ने ५५५ मिटर सडक कालोपत्रे हुँदै छ । वडा नं. ६ को डाँगीगाउँ कालोपत्रे सडक करिब ७६२ मिटर र वडा नं. ७ को चरकमटिया–मठ्यौरी करिब ४०७ मिटर सडक कालोपत्रे गर्ने काम धमाधम भइरहेको उहाँले जानकारी दिनुभएको छ । 

स्वर्णपुरी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको इन्जिनियर देवकोटा बसपार्कदेखि घट्टेखोला सडक ३४ लाख ६६ हजार, सूर्यनगर–चन्द्रनगर हुँदै विद्यानगर जोड्ने सडक ३२ लाख ४५ हजार र डाँगीगाउँ कालोपत्रे सडक ३५ लाख ५२ हजार रुपियाँ लागतमा सडक कालोपत्रे गरिने बताउनुहुन्छ ।देवकोटाका अनुसार चरकमटिया–मठ्यौरी सडक अमृत निर्माण सेवाले करिब २९ लाख लागतमा कालोपत्रे गर्ने जानकारी दिनुभएको छ । यी चारवटै योजनामा प्रदेश र स्थानीय तहको २५/२५ लाख गेर ५०/५० लाखका योजना भए पनि टेन्डर आह्वान गर्दा बजेट घटेको बताउनुहुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर