नेभिगेसन मेनु

खुला सङ्ग्रहालय बनाइँदै
सम्पादक:南亚网络电视
समय:2024-05-14 12:20

fela-pareko-dhunga

जेठ १ गते  । रुपन्देहीको चारपाला सामुदायिक वन क्षेत्रमा फेला परेका दुई हजार वर्ष पुराना ऐतिहासिक वस्तु संरक्षण गर्न सङ्ग्रहालय बनाइने भएको छ । बौद्धकालीन समयका वस्तुहरू अहिलेसम्म संरक्षणको अभावमा खुला आकाशमुनि बेवारिसे अवस्थामा छन् । 

चारपाला सामुदायिक वनले खुला सङ्ग्रहालय बनाउन पहल सुरु गरेको हो । सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतनाथ शर्माले चारपाला क्षेत्रमा फेला परेका ऐतिहासिक पुरातात्त्विक वस्तुहरू खुला सङ्ग्रहालयको रूपमै संरक्षण गरिने बताउनुभयो । 

रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिका–१२ को किनारमा रहेको चारपाला सामुदायिक वन क्षेत्रको जोगीडाँडा, ठुलो पठार तथा सानो पठार क्षेत्र गरी करिब दुईदेखि तीन किलोमिटर र गोलाकारमा १० किलोमिटर क्षेत्रमा पुराना ऐतिहासिक वस्तु फेला परेका हुन् । 

अध्यक्ष शर्माले खुला आकाशमुनि रहेका वस्तुलाई राख्न खुला सङ्ग्रहालय बनाउने पहल सुरुवात भएको बताउनुभयो । चारपाला क्षेत्रमा फेला परेका केही पुरातात्त्विक वस्तु लुम्बिनीको सङ्ग्रहालयमा राखिएका छन् ।

वन क्षेत्रमा भेटिएका वस्तुमा इँटा र ढुङ्गामा कुँदिएका आकृतिका मूर्ति, बौराहा खोलाको पूर्वउत्तर जङ्गलमा माटाका भाँडाका टुक्रा तथा चुरा खाल्डोमा खनेर राखिएको अवस्थामा भेटिएका हुन् ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर