नेभिगेसन मेनु

नदी किनाराका विद्युत् टावर संरक्षण गरिँदै
सम्पादक:南亚网络电视
समय:2024-05-31 11:47

11

जेठ १८ गते ।  नदीजन्य सामग्री उत्खनन गर्दा जोखिममा रहेका विद्युत्का टावर संरक्षण गरिने भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–७, भर्तापुर नाकाको नदीजन्य सामग्री उत्खनन गर्दा विद्युत्का टावर असुरक्षित बनेका छन् । जिल्ला समन्वय समितिको पहलमा अनुगमन तथा निरीक्षण गरी नदी तथा विद्युत् टावर संरक्षणका लागि सहकार्य गर्ने निर्णय गरिएको छ । तिनाउ खोलाबाट नदीजन्य सामग्री विद्युत् प्रसारण लाइनलाई असर नपर्ने गरी निकाल्नुपर्ने निर्णय गरिएको छ । त्यस्तै विद्युत् टावरमा क्षति हुन नदिन उत्तरतर्फ केन्द्रित नदीको बहावलाई पश्चिमतर्फ डाइभर्ट गर्ने निर्णय गरिएको छ । 

समन्वय समितिका प्रमुख उमाकान्त चपाई, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे र विद्युत् प्राधिकरण बुटवल ग्रिड महाशाखाका इन्जिनियर सूर्य पाण्डेसहितको टोलीले भर्तापुर नाकाको अनुगमन तथा निरीक्षण गरेको हो । 

नदीजन्य सामग्री निकाल्दा व्यवस्थित तरिकाले निकाल्ने, विद्युत्को टावरअगाडिको स्थानमा ग्याबिन पर्खाल लगाई टावरको सुरक्षा गर्ने निर्णय गरिएको पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले बताउनुभयो । तिलोत्तमा नगरपालिका–१४ को सिमाना जोडिएको उक्त घाटमा रहेको विद्युत् प्रसारण लाइन सुरक्षाका लागि प्राधिकरण बुटवल ग्रिड महाशाखा, सियारी गाउँपालिका र तिलोत्तमा नगरपालिकाको त्रिपक्षीय सहमतिमा संरक्षण गरिने निर्णय भएको छ ।    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर