नेभिगेसन मेनु

७५ कुकुरको बन्ध्याकरण
सम्पादक:南亚网络电视
समय:2024-05-30 14:02

kukur

जेठ १७ गते । तानसेन नगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरेको छ । तानसेन नगरभित्रका १७ कुकुरको बन्ध्याकरण गरिएको हो । 

सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर राखेर बन्ध्याकरण गरिएको बताइएको छ । योसँगै  कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइएको छ । 

सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका लागि शिविर सञ्चालन गरिएको तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।

शिविरमा खटिएको विज्ञसहितको टोलीले नगरको टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरणलगायत उपचार गरेपछि नियन्त्रणमा लिइएको स्थानमै छाडिने नगरप्रमुख श्रेष्ठको भनाइ छ । कुकुरको आक्रमणबाट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै खोज दिइएको उहाँले बताउनुभयो ।

तानसेन नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तानसेन पाल्पाको आयोजना, प्राविधिक तथा अनुसन्धानात्मक कामका लागि युवा समूहको प्राविधिक सहकार्यमा सामुदायिक कुकुरको बन्ध्याकरण थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख दुर्गाप्रसाद खनालले जानकारी दिनुभयो ।

सर्जन डाक्टर अविनाश क्षेत्रीले शिविरबाट पहिलो चरणमा ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको बताउनुभयो । भुस्याहा कुकुरको सङ्ख्या बढ्न नदिने स्थायी उपाय बन्ध्याकरण गर्नु भएकाले २०३० सम्म विश्वव्यापी रुपमा रेविजबाट मृत्यूलाई शुन्य गराउने अभियानसहित कार्यक्रम गरिएको बताउनुभयो । 

क्षेत्रीले बजार क्षेत्रमा डुलिराख्ने सामुदायिक कुकुरले विशेष गरी विद्यार्थी र यात्रुलाई समस्या भइरहेको भन्दै पशुको कल्याण र मानवीय क्षति हुन नदिन अत्यन्त प्रभाकारी हुने उहाँले जानकारी दिनुभयो  ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर