नेभिगेसन मेनु

अन्तरव्यवस्थापिका भेला सुरु
सम्पादक:南亚网络电视
समय:2024-04-27 12:33

savamukh-vela141

वैशाख १५ गते । प्रतिनिधि सभा, राष्ट्रिय सभा तथा देशभरका सात वटै प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेला तानसेनमा सुरु भएको छ । लुम्बिनी प्रदेश सभाको आयोजनामा शुक्रबारदेखि तानसेनमा अन्तरव्यवस्थापिका भेला सुरु भएको हो । 

भेलाका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्घीय संसद् र प्रदेश संसद्का बिच अनुभव आदानप्रदान गर्न भेला आयोजना गरिएको बताउनुभयो । उहाँले सङ्घीय संसद् र प्रदेश संसद्ले अभ्यास गरेका राम्रा पक्ष आदानप्रदान गर्न र संसद्लाई थप व्यवस्थित बनाउन भेलाले मार्गदर्शन गर्ने विश्वास गर्नुभयो । 

उहाँले अन्तरव्यवस्थापिका मञ्च गठन गरेर त्यसलाई स्थायी रूपमा अगाडि बढाउने तयारी भइरहेको बताउनुभयो । उहाँले मञ्चबाट सबै तहका व्यवस्थापिका संसद्को प्रभावकारिता बढाउन छलफल र भेलाबाट अगाडि बढ्न खोजिएको उल्लेख गर्नुभयो । उहाँले विगतमा भएका निर्णयको समीक्षा, नयाँ कार्यक्रम र मञ्चको आवश्यकता र औचित्यबारे समेत छलफल जरुरी रहेको औँल्याउनुभयो । 

सभामुख घिमिरेले संसद्ले सञ्चालन गरेको बजेटका विषयमा पनि आवश्यक छलफल गर्ने उल्लेख गर्नुभयो । उहाँले संसद्ले सञ्चालन गरेको बजेटका विषयमा अदालतको आफ्नै धारणा रहे पनि संसद्ले के गर्ने भन्ने विषयमा छलफल आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले संसद्को कार्यक्षेत्र र न्यायपालिकाको कार्यक्षेत्रका विषयमा पनि छलफल र बहस आवश्यक रहेको औँल्याउनुभयो । 

भेलामा संसदीय बजेट महाशाखासम्बन्धी अवधारणापत्र प्रस्तुत गरिएको छ । यस्तै उत्तरविधायिकी परीक्षण कार्यविधि सङ्घीय संसद् सचिवालयका सचिव सुदर्शन खड्काले प्रस्तुत गर्नुभयो । अन्तरव्यवस्थापिका मञ्च, नेपालको विद्यमान प्रस्तुति लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले प्रस्तुत गर्नुभयो । भेलामा सातै प्रदेशका सभामुख, उपसभामुख, प्रदेश सभाका सचिवहरूले समूहगत छलफल गर्नुका साथै आआफ्ना सुझाव राख्नुभयो । 

भेलामा सङ्घीय संसद् र प्रदेश संसद्मा भएका असल अभ्यासका विषयमा अनुभव आदानप्रदान गरिएको छ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले भेलापछि आवश्यक निर्णय सार्वजनिक गर्ने जानकारी दिनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर