नेभिगेसन मेनु

गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै राप्रपाको टोली सिडिओ कार्यालयमा
सम्पादक:南亚网络电视
समय:2024-04-22 15:56

yuwa_XQEl4yQvK8

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तत्काल बर्खास्त गरी हत्या आरोपमा कारबाही गर्न माग गरेको छ । 

संगठनका केन्द्रीय संयोजक अधिवक्ता सुजित केसी नेतृत्वको टोलीले आज काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग गरेको हो । ज्ञापन पत्रमा गृहमन्त्री लामिछानेलाई हत्या अभियोगमा  कानुनबमोजिम हदैसम्म कारबाही गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

शान्तिपूर्ण आन्दोलनका क्रममा राप्रपा नेता ठाकुरप्रसाद डाँगीको ज्यान गएको र त्यसमा गृहमन्त्री लामिछाने प्रत्यक्ष दोषी रहेको संगठनको आरोप छ । डाँगीलाई शहीद घोषणा र उनको परिवारलाई उचित क्षतिपूर्ति दिन पनि सरकारसँग राखेको छ । 

गत चैत २७ गते काठमाडौं केन्द्रित राप्रपाको बृहत जनप्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । सोबाट गम्भीर घाइते भएका डाँगीलाई तत्काल छाउनी अस्पताल पुर्याइएको थियो । उनको उपचारको क्रममा वैशाख ३ गते अस्पतालमै ज्यान गएको हो ।

 
#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर