नेभिगेसन मेनु

बिस्का जात्राः आज पुजा, भोलिबाट जात्रा
सम्पादक:南亚网络电视
समय:2024-04-08 12:17

1712540808_biska_jatra-1200x560

यसवर्षको बिस्काः जात्राका लागि आजदेखि पुजा सुरु हुँदैछ। गुठी संस्थान शाखा कार्यालय भक्तपुर बिस्काः (बिस्केट) जात्रासम्बन्धी कार्यतालिकामा आज पुजा सामग्री सुकुन्दा र बाजागाजासमेत लिई भक्तपुर सल्लाघारी च्वंगा गणेशस्थान जाने र त्यहाँंबाट खड्ग ल्याई गुठी कार्यालय सूर्यविनायक भक्तपुर भित्र्याउने रहेको छ। यसका लागि खड्ग बोक्ने एकजना, छाता ओढाउने एकजना, सुकुन्दा बोक्ने व्यक्ति एकजना र पुजा सामान बोक्ने आवश्यक कर्मचारी र बाजा बजाउने कुस्लेहरू सहभागी हुनेछन्।

जात्राको औपचारिक सुरुवात भने भोलि भैरबनाथको रथ तानेर सुरु हुनेछ। यसअघि यस दिन पनि बिहानैबाट पुजा सुरु हुने कार्यतालिका छ। यस दिन बिहान ५ बजे भैरबनाथको नित्य पुजा गर्ने, ६ बजेदेखि आठ बजेसम्म भैरबनाथको पुजा गर्ने लगायतका निरन्तरको पुजापछि साँंझ तीन बजेबाट भैरबनाथको रथ तान्ने सुरु भएर जात्रा सुरु हुनेछ। रथ तानेर साँंझ ५ बजेभित्र रथलाई त्यसदिनको गन्तव्यस्थल गःहितिमा पुर्‍याउने कार्यतालिका सार्वजनिक भएको हो।

प्रत्येक वर्ष नयाँं वर्षको चार दिनअगाडि भैरबनाथको रथ तानेर भक्तपुरको बिस्काः जात्रा सुरु हुन्छ। भक्तपुरको प्रसिद्ध पाँचतल्ले मन्दिरअगाडि राखेर काठैकाठले बनाएको तीनतल्ले भैरबनाथको रथलाई डोरीको सहायताले तानेर आठ दिन नौ रातसम्म चल्ने जात्रा सुरु हुने गर्छ। जात्रा वैशाख ५ गते यही रथ तानेर समापन हुन्छ।

प्यागोडा शैलीमा बनाइरहेको भैरबनाथको रथको दुवैतिर डोरी राखेर तान्ने गरिन्छ। पहिलो दिनको रथ तान्ने प्रक्रिया द्यः कुहां बिज्याइगु (देवता तल सवारी हुने) भनेर भनिन्छ। यो दिन भक्तपुर नगरको ठिक बीच भागमा रहेको पाँचतले मन्दिरमा राखेर बनाइएको रथलाई नगरको तल्लो साइटमा तानेर लाने गरिन्छ। सयौं युवाको सहभागितामा ६ वटा मोटामोटा डोरीको सहायताले रथ तान्ने गरिन्छ। रथ तान्ने क्रममा कहीँकतै ठक्कर खाएमा फर्काउनु पनि पर्ने हुनसक्ने भएकोले दुवैतिर डोरी राखेर रथलाई तानिन्छ। तर, जुन दिन जुनतर्फ लाने हो, त्योतर्फ ६ वटा र अर्काेतिर चारवटा मात्रै डोरी राखेर तान्ने गरिन्छ। नगरभरि हजारौंको सहभागितामा हुने यो जात्रा बिस्का जात्राको मुख्य आकर्षण पनि हो।

गुठी संस्थान शाखा कार्यालय भक्तपुरकी प्रमुख खिमा ओलीले जात्रालाई व्यवस्थित र सभ्य रूपमा सम्पन्न गर्न दिउँसै रथ तानेर बिसर्जन गर्ने योजना बनाएको बताइन्। जात्रामा हजारौको भीड हुने भएकाले शान्ति सुव्यवस्था पनि खलल हुनसक्ने सम्भाबनालाई ध्यानमा राखी सयौं सुरक्षाकर्मी पनि परिचालित भएका हुन्छन्। साथै सादा पोसाकमा पनि उतिकै सुरक्षाकर्मी खटिएका हुन्छन्। साथै ठाउँठाउँमा सिसिटिभीको पनि बन्दोवस्त गरिएको हुन्छ।

भैरबनाथको रथ तानेर सुरु हुने यो जात्रा वैशाख ५ गते यही भैरबनाथको रथ तानेर समापन हुन्छ । यसबीचमा वर्षको अन्तिम दिन ल्योसिंखेलमा ५५ हात लामो लिंगो उठाउनु र वैशाख १ गते ढाल्नु जात्राको अर्काे मुख्य आकर्षण हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर