नेभिगेसन मेनु

लाइसेन्स प्राप्त नौ सयभन्दा बढी हतियार
सम्पादक:南亚网络电视
समय:2024-03-22 13:02

jilla-parshashan-office-dang

चैत ९ गते । दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको फागुन महिनासम्म लाइसेन्स प्राप्त हतियारमध्ये ६७ वटा हतियारको मात्रै नवीकरण गरिएको जनाइएको छ । लाइसेन्स प्राप्तमध्ये धेरै हतियारको नवीकरण हुन सकेको छैन । ९७६ हतियारमध्ये एकनाले हतियार ७०३ र बारबोरलगायत ठुला हतियार २६३ वटा रहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । जिल्लामा लाइसेन्स प्राप्त हतियारको अवस्था के कस्तो छ र उक्त व्यक्तिले हतियार राख्नुपर्ने अवस्था हो कि होइन भनेर बुझ्ने तयारी जिल्ला प्रशासनले गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लामा विभिन्न व्यक्तिसँग नौ सयभन्दा बढी साना ठुला लाइसेन्स प्राप्त हतियार रहेको जानकारी दिनुभयो । यीमध्ये अधिकांश हतियार नवीकरणसमेत नभएको बताइन्छ । लाइसेन्स प्राप्त हतियारबाट दुरुपयोग हुने समेत जोखिम भएकाले समयमा नवीकरण नहुने र राख्नुपर्ने आवश्यकता नभएका व्यक्तिको हतियार जफत गरिने जनाइएको छ । 

बारबोर, पेस्तोल, राइफल, भरुवा बन्दुकलगायतका हतियार राख्नका लागि इजाजत दिइएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा छ । प्रमुख जिल्ला अधिकारी सुवेदीका अनुसार हातहतियारको दुरुपयोग बढ्न सक्ने भएका कारण जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर हतियार नवीकरण गर्न नआउनेका हतियार जफत गर्ने तयारी छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर