नेभिगेसन मेनु

जीर्ण विद्यालयमा कलिला बालबालिका
सम्पादक:南亚网络电视
समय:2024-04-18 12:01

school-darchula2024-04-18-09-41-46

दार्चुलाको शैल्यशिखर नगरपालिका–७ दोबाटामा रहेको भैरवनाथ आधारभुत विद्यालयको भवन जीर्ण भएको लामो समय भइसक्यो । १३ वर्ष अघि निर्माण भएको विद्यालय भवन मर्मत नहुँदा जीर्ण भवनमुनि बसेर कलिला बालबालिका अध्ययन गर्न बाध्य छन् ।

कक्षा १ देखि ३ सम्म पढाई हुने विद्यालयमा ३४ जना विद्यार्थी अध्ययनरत छन् । कार्यालय सहयोगीसहित ४ जना शिक्षक कर्मचारी छन् । 'विद्यालय भवन जीर्ण हुँदा पठनपाठनमा समस्या भएकाे छ,' विद्यालयका प्राधानाध्यापक जानकी धामीले भनिन् ‘चर्को घाम र वर्षातमा पानी आउना साथ विद्यालय बन्द गर्नुपर्ने बाध्यता छ ।’ 

विद्यालय भवन जीर्ण हुँदा विद्यार्थीलाई विद्यालय पठाउन जोखिम रहेको अभिभावक गणेश खत्रीले बताए । 'कक्षा कोठामा निकै पुराना डेस्कबेन्च छन् । छानाको जस्तापाता खियाले छोपेको छ । कतै जस्तापाता उक्किन थालेका छन् त कतै उक्किएर छानो पूरै बाहिरबाट भित्र देखिने भएको छ,' उनले भने,  'झ्यालढोकामा पल्ला छैन, सबै खुलै छन् । गत वर्ष हुरीले छानाको जस्तापाता उडाइदिएको थियो ।'

भवन मर्मतसम्भारका लागि वडा कार्यालय, नगरपालिका कार्यालयसँग हारगुहार गरिसक्दा पनि कुनै सुनुवाई भएको छैन । 'डेस्कबेन्च अभावमा विद्यार्थीहरू चटाइ बिछ्याएर भुइँमा बस्न बाध्य छन्,' प्रज धामीले भनिन्, 'स्कुलको अवस्थाबारे सबैलाई थाहा छ तर कतैबाट बजेट आएको छैन ।'

यस विद्यालयमा शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिकाका बालबालिका पढ्न आउँछन् । तीन कक्षासम्म पढाइ भए पनि नेपाल सरकारले बालविकास शिक्षकको एउटा मात्र दरबन्दी दिएको छ । अन्य दुई जनालाई नगरपालिकाले मासिक आठ हजार रूपैयाँका दरले तलब दिने गरेको छ । 

शैल्यशिखर नगरपालिका वडा नम्वर-७ का वडाध्यक्ष पुष्पराज जोशीले विद्यालय भवन मर्मतसम्भारका लागि नगरपालिकाले पहल गरिरहेको बताए । ‘हामी राम्रो नयाँ भवनका लागि पहल गर्दै छौं । आगामी वर्षको बजेटमा केही व्यवस्था हुन्छ होला,' उनले भने, ‘विद्यालयको भौतिक संरचना सुधारका लागि संघ र प्रदेश सरकारसँग समेत बजेट माग गरेका छौँ । भवन बनाउने कुरामा हामी आएदेखि पहल भइरहेको छ ।'

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर