नेभिगेसन मेनु

विद्यार्थी खोज्न घरदैलो
सम्पादक:南亚网络电视
समय:2024-04-15 11:53

badimalika-ma-bi-kalikot-premraj

वैशाख ३ गते । जिल्लाका सामुदायिक विद्यालयले आइतबारबाट विद्यार्थी भर्ना अभियान थालेका छन् । नयाँ शैक्षिक सत्र २०८१ का लागि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न भर्ना अभियान थालिएको हो । बडीमालिका माध्यमिक विद्यालयले आइतबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । विद्यालयका प्रधानाध्यापक पुष्पराज बरालले विद्यालयमा विद्यार्थी सङ्ख्या वृद्धि गर्न अभियान सुरु गरेको जानकारी दिनुभयो । गत वर्षदेखि नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरु भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गर्नु परेको बताइन्छ । अङ्ग्रेजी र नेपाली दुवै भाषामा कक्षा सञ्चालन भएकाले जानकारी दिनका लागि पनि अभियानलाई केन्द्रित गर्नु परेको प्रअ बरालको भनाइ छ । बडीमालिका माध्यमिक विद्यालयले गत साल पनि सोमबारको साइत पारेर विद्यार्थी भर्ना अभियान सुरु गरेको थियो । अभियानपछि ७५ जनाभन्दा बढी नयाँ विद्यार्थी विद्यालयमा थपिएका थिए । यस वर्ष पनि विद्यालयले अन्य विद्यालयका विद्यार्थी तान्ने योजना बनाएको छ । रास्कोट–८ का कमलप्रसाद बरालले विद्यालयले नयाँ शैली अपनाएर आफ्नो विद्यालयमा विद्यार्थी आकर्षित गर्ने योजना बनाएको बताउनुभयो । 

एसइई तयारी कक्षा पनि बडीमालिका माध्यमिक विद्यालयले रात्रिकालीन कक्षा सञ्चालन गरेर विद्यार्थीलाई आकर्षित गरेको थियो । अघिल्लो वर्षको भर्ना अभियान पनि उत्तिकै प्रभावकारी भएको बताइन्छ । विद्यालयले सञ्चार माध्यमबाट विद्यार्थी भर्नाको सूचना यसअघि चैत २५ गतेबाट प्रसारण गर्न थालिसकेको थियो । जिल्लाका अन्य माध्यमिक विद्यालय पनि भर्ना अभियान सुरु गरेका छन । खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालय शेरावाडाले पनि घरदैलो अभियान सुरु गरेको छ । 

विद्यालयका प्रधानाध्यापक पदमवहादुर मल्लका अनुसार भर्ना अभियान जारी रहेको छ । शैक्षिक सत्र २०८१ बाट बस सेवा सञ्चालन गर्ने तयारीसमेत रहेको छ । ५० मिटरको दुरीमा वडा नं ८ मा दुई वटा मावि छन् तर मल्लको विद्यालयमा विद्यार्थीको सहभागिता राम्रो हुने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यार्थी भर्ना अभियान चलाउन निर्देशन गरेकाले अन्य विद्यालय पनि अभियान चलाउने तयारीमा छन् । कालीकोटका ७६ मावि छन् । यीमध्ये केही विद्यालयले विद्यार्थी तान्न अभियान चलाउने देखिन्छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर