जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ ।
छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले हिजो दिउँसो घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।