नेभिगेसन मेनु

नेपाल–भारत धार्मिक सिद्धरत्ननाथ–देवीपाटन महायात्रा हुने
सम्पादक:南亚网络电视
समय:2024-03-21 15:56

chaughera

चैत ८ गते । धार्मिक एवम् ऐतिहासिक गोरक्षपात्रदेवता सिद्धरत्ननाथ–देवीपाटन महायात्रा २०८० को तयारीलाई तीव्र बनाइएको छ । प्रत्येक वर्ष चैत पञ्चमीका दिन दाङको चौघेराबाट भारतको बलरामपुर जिल्ला तुलसीपुरस्थीत पाटेश्वरी मन्दिर पुग्नेगरी हुने धार्मिक र सांस्कृतिक महत्वको ऐतिहासिक यात्रालाई भव्य बनाउँदै पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी महायात्राको तयारी थालिएको हो ।

लुम्बिनी प्रदेश सरकारले ऐतिहासिक एवम् धार्मिक गौरवको महायात्राका रुपमा सञ्चालन गर्ने निर्णय गरेपछि लामो समयदेखि प्रचलनमा आएको धार्मिक र सांस्कृतिक महत्त्वको ऐतिहासिक यात्रालाई यो वर्षदेखि महायात्राका रुपमा अघि बढाउने तयारी भइरहेको मूल समितिका सदस्यसचिव संस्कृतिविद् डा. गोविन्द आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार योगी नरहरिनाथले लेख्नुभएका पुस्तकहरु अध्ययन गर्दा यो यात्रा विसं ८०९ मा सिद्धरत्ननाथले सिद्धि प्राप्त गरेपछि हुँदै आएको करिब १३ सय वर्ष पुरानो ऐतिहासिक यात्रा भएको बताउनुभयो ।

सदस्य सचिव एवम् संस्कृतिविद् डा. आचार्यले भन्नुभयो, ‘‘यो लामो धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको यात्रा हो । विभिन्न कारणले बिचमा ओझेलमा परेको थियो । यो वर्षदेखि विशेष बनाउने गरी तयारी भइरहेको छ ।’’ यही चैतको २३ गतेदेखि वैशाखको ७ गतेसम्म हुने धार्मिक एवम् सांस्कृतिक महायात्रामा गोरक्षपात्रदेवता सिद्धरत्ननाथ चौघेराका पिर, पुजारी, भण्डारी, सिरानेलगायत साधुसन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वहरु, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत करिब चार सय बढीको सहभागिता हुने भएको छ । महायात्रालाई विशेष बनाउनका लागि यो वर्षदेखि थारु, मगर, अवधी, भुमे, सोरठी नाच पनि समावेश गराउने तयारी गरिएको छ ।

नेपाल र भारतको धार्मिक सांस्कृतिक सम्बन्धलाई हरेक वर्ष नवीकरण गर्ने एउटा यात्रा भएको भन्दै संस्कृतिविद् डा. आचार्यले भन्नुभयो, ‘‘यो नेपाल–भारतको सांस्कृतिक सेतु हो तर प्रचारप्रसारको कमिका कारण ओझेलमा रहने गरेको छ ।’’ उहाँका अनुसार यात्रालाई भव्य बनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको समेत बताउनुभयो ।

घोराही उपमहानगरपालिका–१७ चौघेरा मठबाट प्रारम्भ हुने महायात्रा घोराही उपमहानगरपालिका–३ चौपट्टा, लमही नगरपालिका–६ देउपुरमा गोरक्षपात्रदेवता मठ, गढवा गाउँपालिकाअन्तर्गत जमुनीबास, कोइलावास र भारतको जनकपुरलगायतका धार्मिक स्थलहरुमा विश्राम र पूजापाठ गर्दै तुलसीपुर देवीपाटन मन्दिर पुग्ने मठका मठाधीश योगी ब्रह्मनाथले जानकारी दिनुभएको छ । उहाँका अनुसार पाटन पुगेपछि पाँच दिन बस्ने र त्यो अवधिमा उक्त मन्दिरमा नेपाली पुजारीले पूजापाठ गर्ने परम्परा छ । उहाँले भन्नुभयो, ‘‘भारतमा गोरक्ष देवताको ठुलो महत्त्व छ । नेपालबाट पुजारी पुगेपछि नफर्किदासम्म पूजापाठको जिम्मा नेपालीले गर्ने परम्परा छ । गोरक्ष पात्र देवतालाई जत्तिकै यताको टोलीलाई सत्कार गर्छन् ।’’ उहाँका अनुसार पूजाका सामग्रीसँगै पाटेश्वरी माताको दर्शन र पूजा गरेर टोली फर्किने परम्परा छ । रातीको समयमा मात्र हुने यात्रा भएकाले यो यात्रा ओझेलमा परेको उहाँले बताउँनुभयो ।

महायात्राका क्रममा ३५ लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको आर्थिक उपसमितिका संयोजक बलदेव योगीले जानकारी दिनुभएको छ । उहाँका अनुसार महायात्राका लागि लुम्बिनी प्रदेश सरकारले ३० लाख रुपियाँ दिने भनेको र बाँकी खर्च मठले गर्ने बताउनुभयो । भेष बाह्रपन्थी नाथ संस्कृतिको केन्द्रका रुपमा रहेको चौघेराबाट करिब एक महिनाको यात्रापछि पाटेश्वरी मन्दिर पुग्ने परम्परा रहे पनि पछिल्लो समय यसलाई घटाएर १३ दिनमा झारिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर