नेभिगेसन मेनु

मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न सोलार फेन्स वितरण
सम्पादक:南亚网络电视
समय:2024-04-17 12:05

manab-hatee

बैशाख ५ गते । मानव–हात्ती द्वन्द्व न्यूनीकरण अन्र्तगत निर्मित झापाका अफसेट सोलार फेन्स समुदायमा हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय झापाको संयोजनमा राष्ट्रिय प्रकृति संरक्षण कोषले हात्ती प्रभावित क्षेत्रमा निर्माण गरेको अफसेट सोलार फेन्स सम्वन्धित पालिकाका वन समूहलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ वरालको अध्यक्षता तथा संघीय संसद राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा हात्ती प्रभावित मेची नगर, भद्रपुर, हल्दिवारी, कचनकवल र बाह्रदशी पालिकाभित्र रहेका वन समूहलाई आफ्नो क्षेत्र भित्रको निर्मित सोलार फेन्स हस्तान्तरण गरिएको छ ।

सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले सहजीकरण गरेको कार्यक्रममा निर्माण सम्पन्न भएर वन समूहको जिम्मामा आएका सोलार फेन्सको सुरक्षा गर्न समुह सक्रिय हुने भए पनि मर्मत तथा सञ्चालनको प्राविधिक जिम्मेवारी लिन समस्या हुने भन्दै सरोकारवालासित समूहका प्रतिनिधिले जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रममा संघीय सांसद तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले वन समूहदेखि स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा मानव–हात्ती द्वन्द्व न्यूनीकरण अभियान सफल बनाइने बताउनुभयो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर