नेभिगेसन मेनु

बिनाअक्सिजन तेह्र हिमाल आरोहण
सम्पादक:南亚网络电视
समय:2024-04-17 12:04

nirmal-purja-

वैशाख ५ गते । विश्वकीर्तिमानी पर्वतारोही निर्मल पूर्जा ‘निम्स दाइ’ ले विश्वका आठ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गर्नुभएको छ । इलाइट हिमालयन एडभेन्चर्स प्राइभेट लिमिटेडका सहसंस्थापक मिङ्मा डेबिड शेर्पाले निम्सले १५ महिनामा सक्ने लक्ष्य भए पनि मौसमका कारण सम्भव नभएको बताउनुभयो । 

“निम्स पुर्जा दाइले नयाँ कीर्तिमान गर्ने क्रममा अहिलेसम्म बिनाअक्सिजन विश्वका १४ वटामध्ये १३ वटा हिमालको सफल आरोहण गरिसक्नुभएको छ,”  उहाँले भन्नुभयो, “गत सिजनमा पाकिस्तानका पाँच वटा हिमाल बिनाअस्क्सिजन २४ दिनमा सफल आरोहण गर्नुभएको थियो । अब चीनको तिब्बतस्थित आठ हजार मिटर अग्लामध्ये सबैभन्दा होचो सिसपाङ्गा हिमाल (८०१२) चढ्न बाँकी छ ।” उक्त हिमालको आरोहणमा जानका लागि प्रक्रिया सुरु भएको उहाँको भनाइ छ ।  अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै पुर्जाले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको सबैभन्दा बढी ४४ औँ पटक सफल आरोहण गरी अर्कोविश्व कीर्तिमान कायम गर्नुभएको छ ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर