नेभिगेसन मेनु

बाजुरा फेरी भूकम्प
सम्पादक:南亚网络电视
समय:2024-04-12 12:11

bhukampa-earthquek

चैत ३० गते । बाजुरामा गए राती फेरी भूकम्पको धक्का महसुस भएको छ । बुढीगङ्गा नगरपालिकाको बाह्रबिस वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७  रेक्टर स्केलको भूकम्प गएको छ । गत वर्ष माघ १० गते जिल्लाको स्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्र विन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प गएको थियो ।

त्यसै गरी गत वर्षको वैशाख १५ गते गौमुलको दहकोटमा केन्द्र विन्दु बनाएर ५ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको थियो । गत वर्ष माघ गएको भूकम्पले जिल्लाको पूर्व उत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिका वडा नं २ कोट, कोटीका ,रुम्दी, नाटी खोला लगायत टोलमा २३ वटा घर भत्काएको थियो ।

त्यसै गरी गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर