नेभिगेसन मेनु

उपनिर्वाचनका लागि बढ्यो चहलपहल
सम्पादक:南亚网络电视
समय:2024-03-15 14:23

ण

बझाङ, चैत २ गते ।  बझाङ जिल्लाको प्रदेश निर्वाचन क्षेत्र (क) मा उपनिर्वाचनका लागि मिति तय भएसँगै राजनीतिक सरगर्मी तथा चहलपहल बढेको छ । उपनिर्वाचनका लागि विभिन्न दलले आफ्नो पार्टीबाट उम्मेदवार छनोट गर्न छलफल, गोष्ठी, भेटघाटलगायतका कार्यक्रम बढाएका छन् । 

उपनिर्वाचनलाई लक्ष्य गरी नेकपा (एमाले) बझाङले उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । निर्वाचन आयोगले वैशाख १५ का लागि उपनिर्वाचनको मिति तय गरेको छ । 

त्यस्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत अन्य दलबाट उम्मेदवार चयन गर्न पार्टी आन्तरिक छलफलमा जुटेका हुन् । तीन उम्मेदवारको नाम प्रदेश कमिटीमा सिफारिस गरिसकेको एमालेका जिल्ला कमिटी सचिव आनन्दलाल विकले बताउनुभयो  । 

उहाँका अनुसार दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस भएको छ । कांग्रेसबाट निर्वाचित आन्तरिक मामिलामन्त्री पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा परेर निधन भएपछि यो निर्वाचन क्षेत्र खाली थियो । उपनिर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउन आफूहरू आन्तरिक छलफलमा जुटेको कांग्रेसका बझाङ जिल्ला सचिव उत्तमबहादुर रोकायाले बताउनुभयो ।

कांग्रेसबाट उम्मेदवारको आकाङ्क्षीमा  पूर्वजिल्ला सभापति सत्यराज भण्डारी, नेता जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, प्रकाश स्नेही, शान्ति बोहरा, लोकेन्द्र रोकाया, चन्दा जोशी र सभापति खडकबहादुर बोहरा रहनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) ले पनि आन्तरिक छलफललाई तीव्रता दिएको छ । माओवादीका केन्द्रीय सदस्य मीनबहादुर कुँवरले आफूहरू उम्मेदवार तय गर्न आन्तरिक छलफलमा रहेको बताउनुभयो । माओवादीबाट केन्द्रीय सदस्य देवराज रेग्मी, जिल्ला संयोजक टोपबहादुर खड्काको नाम चर्चामा छ । 

त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले उपनिर्वाचनमा वर्तमान गठबन्धनका तर्फबाट आफ्नो पार्टीले उम्मेदवार पाउनुपर्ने दाबी गर्न थालेको छ ।  जिल्ला कमिटीका सचिव लक्ष्मीप्रसाद जोशीले गठबन्धनबाट उम्मेदवार बन्न आफ्नो दलको बलियो दाबी रहेको बताउनुभयो ।

समाजवादीबाट केन्द्रीय कमिटी सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिलबहादुर सिंह, प्रदेश कमिटी सदस्य अक्कलबहादुर धामीको नाम चर्चामा छ । राप्रपासहितका अन्य दल पनि उम्मेदवार बनाउन आन्तरिक छलफलमा जुटेका छन् ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर