नेभिगेसन मेनु

कमरेडहरू शहरतिर, हतियार ओढारतिरै
सम्पादक:南亚网络电视
समय:2024-04-11 12:09

hatiyar_Wvxjii3xcW

१२ वर्ष जनयुद्ध गरेको नेकपा माओवादी शहरतिर पसेपछि जनयुद्धकालमा प्रयोग भएका हतियार एकपछि अर्को भकाभक जंगल र ओढारमा भेटिइरहेका छन् । जनयुद्ध रोकेर शान्ति सम्झौतामार्फत माओवादी शहर र सरकारतिर आएपछि उसले लुकाएका हतियार अझै जंगल र ओढारमै फेला पर्न थालेका हुन् ।

नेकपा माओवादी केन्द्र सत्तामा गएपछि पनि विप्लव नेतृत्वको नेकपा माओवादी केही समय भूमिगत भएको थियो । हाल उक्त पार्टी पनि शहरिया राजनीतिक पार्टीकै रूपमा क्रियाशील छ । रुकुम पूर्वमा पछिल्लो एक वर्षको अवधिमा यो संख्या निकै छ । उक्त हतियार अधिकांश जनयुद्धताका माओवादीले प्रयोग गरेर जंगल र ओढारमा लुकाएको हुन सक्ने सुरक्षा निकायको भनाइ छ । त्यस्तै केही हतियार भने त्यस क्षेत्रमा चोरी शिकारी गर्ने व्यक्तिहरूले पनि लुकाएर प्रयोग गर्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले एक वर्षमा १ सय ८५ वटा अवैध हतियार बरामद गरेको छ ।

गत वर्षको फागुनदेखि यही चैत १२ गतेसम्म कार्यालयले उक्त परिमाणमा अवैध हतियार बरामद गरेको हो । बरामद हतियारमध्ये १८३ भरुवा बन्दुक र दुई थान पेस्ताल रहेको बुझिएको छ । गत हप्ता मात्रै भूमे गाउँपालिका–४ र १ स्थित ओढार र रुखमुनि लुकाइराखेको ६ वटा भरुवा बन्दुक फेला परेको छ । त्यस्तै भुमे गाउँपालिकाकै वडा नम्बर ९ गोठेबाङबाट म्यागजिनसहितको एक थान अटोमेटिक पेस्तोल बरामद गरिएको छ । रुकुम पूर्व नयाँ जिल्ला बनेर रुकुमकोटमा जिल्ला प्रहरी कार्यालय स्थापना भएपछि प्रहरी सक्रियता झनै बढेको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर