नेभिगेसन मेनु

संसदमा काँग्रेस हिजैको रणनीतिमा प्रस्तुत हुँदै
सम्पादक:南亚网络电视
समय:2024-04-10 12:35

SANGHIYA_SANSAD_NtRnZvIJcL

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रतिनिधि सभाको आजको बैठकलाई पनि अवरुद्ध बनाउने रणनीतिका साथ प्रस्तुत हुँदैछ । हिजोको बैठक काँग्रेस सांसदले अवरोध गरेपछि आज बिहान ११ बजेसम्म स्थगित गरिएको थियो ।

काँग्रेसले सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । संसदीय समिति गठन नभएसम्म सदन अवरोध गर्ने निर्णय काँग्रेस संसदीय दलको हिजोको बैठकले गरेको थियो ।

आजको बैठकमा उद्योगमन्त्री दामोदर भण्डारीले आफ्नो मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्ने छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८०’ र अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर