नेभिगेसन मेनु

राष्ट्रिय सभा उपाध्यक्षका लागि आज निर्वाचन हुँदै
सम्पादक:南亚网络电视
समय:2024-04-10 12:24

1712715217_rastriyasabha-1200x560

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ। राष्ट्रिय सभाको आज बस्ने बैठकमा निर्वाचन हुने कार्यतालिका रहेको छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दल नेपाली काँग्रेसको तर्फबट विष्णुदेवी पुडासैनी उम्मेदवार छन्।

राष्ट्रिय सभा सदस्य दुर्गा गुरुङले काँग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने भगवती न्यौपानेले एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरूलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। जुन प्रस्ताव बहुमतले पारित हुन्छ, त्यही निर्वाचित हुने सङ्घीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ का सम्बन्धमा जानकारी गराउने छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर