नेभिगेसन मेनु

साझा यातायातको १.१ मेगावाटको चार्जिङ स्टेसन सुरु
सम्पादक:南亚网络电视
समय:2024-04-10 11:59

434589720_7358407037569459_2286620202443665530_n

काठमाडौं। साझा यातायात सहकारी संस्था लिमिटेडको १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन भएको छ । मङ्गलबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले १.१ मेगावाटको चार्जिङ स्टेसन उद्घाटन गर्नुभएको हो ।

साझा यातायातले पहिलो पटक ललितपुरको पुल्चोकमा नेपालकै सबैभन्दा बढी पावर भएको चार्जिङ स्टेसनको सुरुवात गरेको हो । चार्जिङ स्टेसनसहित मङ्गलबार नै ४० वटा विद्युतीय बस पनि औपचारिक रूपमा सञ्चालनमा आएका छन् ।

साझा यातायातले आउँदो दिनमा डिजेल गाडीलाई रूपान्तरित बिजुली गाडी बनाएर परीक्षण गर्न लागेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिनुभयो ।

उहाँले अहिले सञ्चालनमा आउने बसमा २६ सिट रहेको र ४५ मिनेटमा बस पूर्ण चार्ज (फुल चार्ज) हुने बताउनु भयो । उहाँले एक पटक फुल चार्ज गरेपछि साझा यातायातका विद्युतीय सवारी २ सय किलोमिटरसम्म गुड्नसक्ने बताउनु भयो । उहाँले १.१ मेगावाट क्षमताका २४ वटा समानान्तर चार्जिङ पाइन्ट रहेको बताउनुभयो । उहाँले अब आउने विद्युतीय साझा बसको लागि साझासँग स्थान नभएको बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साझा यातायातमा काठमाडौँ महानगरपछि ललितपुर महानगरपालिकाको धेरै लगानी भएको बताउनुभयो । उहाँले ललितपुर महानगरको बाहिर क्षेत्रमा साझाका बस चल्ने र भित्री कोर क्षेत्रमा सटलबस चलाउन साझालाई रकम दिइसकेको बताउनुभयो । उहाँले ४५ सिट भएका सटलबस पुल्चोक,पाटनदबार,महाबौद्ध र लगनखेल क्षेत्रमा चलाउन गइरहेको बताउनुभयो । सटलबस सञ्चालनमा लाग्ने खर्च बिइपीमा हुनुपर्ने नभए ललितपुर महानगरपालिकाले सहयोग गर्ने उहाँको भनाइ छ ।

साझाले २०७९ असोज २२ गते चीनको सिएचटिसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० वटा बस खरिदका लागि सम्झौता गरेर बस नेपालमा ल्याएको थियो । साझा यातायातले आफ्नै जग्गामा चार्जिङ स्टेसन बनाएको हो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर