नेभिगेसन मेनु

अब पौने दुई मिनेटमै श्रम स्वीकृति !
सम्पादक:南亚网络电视
समय:2024-04-08 12:07

1712544965_shram mantri dolkumar shrma-1200x560

अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार कार्यालयले कागजपत्र पुगेको अवस्थामा २ मिनेट ४४ सेकेन्डमै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई श्रम स्वीकृति दिन सक्ने भएको छ।

वैदेशिक रोजगार कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमिकले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिए पौने दुई मिनेटभित्रै श्रम स्वीकृति प्रदान गर्न सकिने बताए।

उनले छिटोभन्दा छिटो श्रम स्वीकृति दिन सम्भव तुल्याएको भन्दै उनले कर्मचारीहरूको प्रशंसा पनि गरे। ‘वैदेशिक रोजगार कार्यालयका कर्मचारीको मेहनतका कारण यो सबै सम्भव भएको हो। उहाँहरू साहसी, आज्ञाकारी, मिलनसार र काममा समर्पित भएकै कारण छोटो समयमै श्रम स्वीकृति दिने कार्यमा हामी सफल भएका हौं,’ उनले भने, ‘मलाई उहाँहरूमाथि पुरै विश्वास छ। यो क्रमलाई उहाँहरूले आगामी दिनमा पनि निरन्तरता दिनुहुनेछ।’

विद्युत्को आपूर्ति बन्द हुने, इन्टरनेटको गति कम हुनेलगायत अन्य प्राविधिक समस्या आए पनि श्रम स्वीकृति दिन एक घण्टाभन्दा बढी समय नलाग्ने मन्त्री अर्यालले बताए।

‘हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर, मिटरब्याजमा ऋण बोकी वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आउनेहरूले पहिले तीन–चार दिन अल्झिनुपथ्र्यो। त्यो कुनै पनि हालतमा स्वीकार्य लागेन। श्रमिक कुनै पनि बहानामा ठगिनुहुँदैन। त्यसकारण मैले पहिलो अजेन्डा नै श्रम स्वीकृतिको प्रक्रियालाई छोटो बनाउने राखेको थिएँ,’ उनले भने।

श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृति प्रक्रियालाई एक घण्टामा छोट्याउन वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) का सफ्टवेयर तथा हार्डवेयरका आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएको उनले स्मरण गरे।

एक घण्टामै श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार कार्यालयले श्रम स्वीकृति पुनः एउटै तहबाट दिन थालेको छ। यसअघि एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति प्रदान गर्ने व्यवस्था थियो।

उनका अनुसार हाल वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि २०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ। यसले श्रम स्वीकृतिको प्रक्रिया निकै नै सहज बनाएको श्रममन्त्री अर्यालले बताए।  

त्यस्तै फेमिस सफ्टवेयर परामर्शदाताका एक प्राविधिकलाई विभागमा राख्ने व्यवस्था गरिएको उनले बताए। उनका अनुसार अहिले कर्मचारीहरू दुई सिफ्टमा परिचालन गरिएको छ। बिहान ७ देखि बेलुका ९ बजेसम्म कर्मचारीले दुई सिफ्टमा काम गर्दै आएका छन्।

त्यस्तै सार्वजनिक बिदा र शनिबारको दिनमा पनि कर्मचारी परिचालन गरिएको उनको भनाइ छ। केही समयमा लागि यस्तो व्यवस्था गरिए पनि तत्कालै कर्मचारीलाई कार्यालय समयमा एउटै सिफ्टमा मात्रै काम गर्ने गरी सुधार गर्ने विश्वास उनले व्यक्त गरे।  

श्रम स्वीकृति पूर्ण रूपमा निःशुल्क हुने पनि मन्त्री अर्यालल बताए। श्रमिकले आफ्नै मोबाइल वा कम्प्युटरबाट अनलाइन आवेदन दिन सक्ने जानकारी पनि उनले दिए। ‘सक्नुहुन्छ भने आफ्नै मोबाइल वा कम्प्युटरबाट आवेदन दिनुहोस्। आवेदन दिने प्रक्रिया पनि विभागको वेबसाइटमा राखिएको छ,’ मन्त्री अर्यालले भने, ‘अब श्रम स्वीकृति पनि अनलाइबाटै प्राप्त गर्न सक्नुहुनेछ। यसका लागि कार्यालय धाइरहनुपर्दैन।’

अहिले कार्यालयले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेको छ। काठमाडौं कार्यालयबाहेक ६ वटै प्रदेशमा श्रम स्वीकृतिका लागि नयाँका लागि कम्तीमा ५० र पुनः श्रम स्वीकृतिका लागि १०० वटा टोकनको व्यवस्था गरिएको छ। पहिले कार्यालयले चाहेजति मात्र टोकन दिने व्यवस्था थियो।

श्रम स्वीकृतिका लागि मुख्यतः पासपोर्ट, भिसा र रोजगारदातासँगको सम्झौतापत्र पेस गर्नुपर्छ। त्यस्तै श्रमिकले बिमा, कल्याणकारी कोष र सामाजिक सुरक्षा कोषको शुल्क पनि भुक्तानी गरेको हुनुपर्नेछ।

श्रमिकलाई सहज रूपमा श्रम स्वीकृति प्रदान गर्न वैदेशिक रोजगार विभागले फेमिस ल्याएको हो। अहिले दैनिक औसत १६ सय जनालाई श्रम स्वीकृति प्रदान गर्ने गरिएको छ।

तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले फेमिसको सुधारका लागि भन्दै वैदेशिक रोजगार कल्याणकारी कोषबाट १० करोड रूपैयाँ खर्च गर्ने निर्णय गरेका थिए। तर नियमविपरीत कोषको पैसा दुरूपयोग गर्न लागेको भन्दै चौतर्फी विरोध भएपछि अख्तियारले सो कमदलाई रोकिदिएको थियो।

तर अहिले वैदेशिक रोजगारीका लागि अधिकांशले अनलाइनबाटै श्रम स्वीकृति घण्टाभरमै लिने गरेको कार्यालयको तथ्यांकले देखाएको छ। कार्यालय धाउने थोरै मात्र छन्। वैदेशिक रोजगार कार्यालयमा व्यक्तिगत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति, नयाँ श्रम स्वीकृति र संस्थागत श्रम स्वीकृतिका लागि टोकन दिने सुविधा छ।

विभागअन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौंसहित श्रम तथा रोजगारका पोखरा, बुटवल, जनकपुर र सुर्खेत कार्यालय तथा दूतावासबाट गन्तव्य देशका लागि श्रम स्वीकृति लिन सकिने व्यवस्था छ।

वैदेशिक रोजगारीका लागि युवाले लिने श्रम स्वीकृति सातवटै प्रदेशबाट लिन सकिे व्यवस्था छ। कार्यालयका अनुसार काठमाडौंको ताहाचलबाट मात्रै सातामा १० हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर