नेभिगेसन मेनु

संसद अवरुद्ध हुन नदिन सभामुख घिमिरेले नेताहरुसँग परामर्श गर्नुहुँदै
सम्पादक:南亚网络电视
समय:2024-04-08 12:01

Sabhamukh

चैत २६ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्दै हुनुहुन्छ । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा नेताहरुसँग परामर्श हुने सभामुखको सचिवालयले जनाएको छ । 

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद बैठक अबरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ । 

बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरुसँग छलफल गर्न लागिएको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले आज दिउँसो २ बजे प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाउनुभएको सचिवालयका सदस्यहरुको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेछ । 

सो अघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । विहान ८ः३० बजेदेखि कांग्रेसको बैठक सभापति शेरबहादुर देउवा निवासमा बसिरहेको कांग्रेस नेताहरुको भनाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर