नेभिगेसन मेनु

निजी अस्पतालमा विपन्नलाई डायलासिस
सम्पादक:南亚网络电视
समय:2024-03-05 15:27

निजी-अस्पतालमा-विपन्नलाई-निःशुल्क-डायलासिस-22

फागुन २२ गते । कैलालीमा रहेको एक निजी अस्पतालमा विपन्नलाई निःशुल्क डायलासिस सेवा सुरु भएको छ । धनगढीमा रहेको नवजीवन अस्पताल प्रालिले विपन्नलाई निःशुल्क डायलासिस सेवा दिन थालेको हो तर सेवा प्राप्तिका लागि स्थानीय सरकारको सिफारिसपत्र आवश्यक पर्ने गरेको जनाइएको छ । 

स्थानीय सरकारले मिर्गौलापीडित व्यक्ति विपन्न रहेको सिफारिस दिएमा सो सिफारिसका आधारमा निःशुल्क उपचार गरिने सुदूरपश्चिम इन्टरनेसनल डायलासिस सेन्टरका इन्चार्ज अञ्जना तण्डुकारले बताउनुभयो । 

उहाँका अनुसार निःशुल्क उपचार सेवा उपभोग गर्न चाहेको व्यक्ति मिर्गौलाको समस्याबाट ग्रसित बिरामी रहेको पुस्ट्याइँ गर्ने पत्र भने सेन्टरले उपलब्ध गराउने छ । सो पत्रको आधारमा सम्बन्धित व्यक्तिको वडा कार्यालयले ती व्यक्ति विपन्न रहेको बेहोरासहितको पत्र पालिकामा लेखी पठाएमा पालिकाले निःशुल्क उपचारको व्यवस्थाका लागि सिफारिस गर्ने उहाँले बताउनुभयो । 

सुदूरपश्चिम इन्टरनेसनल डायलासिस सेन्टरसँगको सहकार्यमा गत वर्षदेखि नवजीवन अस्पतालमा डायलासिस सेवा सञ्चालन गरिएको छ । विपन्नलाई निःशुल्क उपचार सेवाको व्यवस्था भने गत बिहीबारदेखि लागु गरेको जनाइएको छ । 

सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा डायलासिस सेवा पहिलेदेखि नै सञ्चालनमा छ तर सरकारी अस्पतालमा उपलब्ध शय्याले मात्रै नपुग्ने भएपछि निजी अस्पतालमा पनि डायलासिस सेवा सुरु गरिएको हो । डायलासिस गर्नुपर्ने बिरामीले बेलैमा शय्या नपाउने अवस्था देखिएपछि निजीमा पनि सेवा सुरु गरेको तण्डुकारले बताउनुभयो । 

नवजीवन अस्पतालले छ शय्याको डायलासिस सेवा दिइरहेको छ । पाँच वटा डायलासिस शय्या सेन्टर र एउटा शय्या सघन उपचार कक्ष (आइसियु) मा रहेको छ । आइसियुमा राखेर उपचार गर्नुपर्ने कतिपय बिरामीलाई डायलासिस पनि आवश्यक पर्ने गरेका कारण त्यहाँसमेत डायलासिस शय्या बनाएको अस्पतालका डा. विदुरमणि गौतमले बताउनुभयो । 

नवजीवन अस्पतालले नियमित डायलासिस गर्ने बिरामीका लागि प्रत्येक पटकको सामान्य डायलासिस शुल्क चार हजार पाँच सय निर्धारण गरेको छ । ओपिडी र आकस्मिक कक्षबाट आएका बिरामीको छ हजार शुल्क लिने गरिएको छ । औषधी प्रयोग गर्नुपरेमा भने शुल्क महँगो पर्ने गरेको जनाइएको छ । 

मिर्गौलाको समस्या भएका बिरामीले न्यूनतम चार घण्टासम्म डायलासिस गर्नु पर्छ । नवजीवन अस्पतालमा १३ जना बिरामीले नियमित डायलासिस गराइरहेको तण्डुकारले जानकारी दिनुभयो । एक बिरामीले हप्तामा दुई पटकसम्म डायलासिस गराइरहेको उहाँले बताउनुभयो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर