नेभिगेसन मेनु

प्रदेश प्रमुखद्वारा मन्त्रीपरिषद्को कार्य विभाजन
सम्पादक:南亚网络电视
समय:2024-03-07 12:57

sudurpaschim-pradesh

फागुन २४ गते । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशमा मौजुदा मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको छ । 

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखले मन्त्रीपरिषद्को जिम्मेवारी हेरफेर र कार्य विभाजन गर्नु भएको हो । सङ्घमा नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) का तीन जना र नेकपा (एकीकृत समाजवादी) पार्टीका एक मन्त्रीलाई पदमुक्त गरी सक्नु भएको छ ।  

प्रदेश प्रमुखले मुख्यमन्त्री शाहलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिनु भएको छ । यसै गरी, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रकाशबहादुर देउवा, आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी शिवराज भट्ट, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी मन्त्री रामेश्वर चौधरी र राज्यमन्त्री कैलाश चौधरीलाई यथावत् राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर