नेभिगेसन मेनु

भूतले तर्सायो भन्दै भाडाको घरमा कार्यालय
सम्पादक:南亚网络电视
समय:2024-03-04 12:56

Baitadi_Sudurpashchim_locator

फागुन २१ गते । सेतो चुनाले रङ्गिएको चार कोठे भवन सुनसान छ । भवनबाहिर खानेपानीको टङ्की देखिन्छ तर भूतको डरले यहाँ कर्मचारी बस्दैनन् । यो रित्तो भवन बैतडीका तीन वटा स्थानीय तह कार्य क्षेत्र भएको सबडिभिजन वन कार्यालय मेलौलीको हो । 

मेलौली नगरपालिका–६ को जेवलासैनीस्थित सबडिभिजन वन कार्यालयको भवनमा भूतले तर्साउने गरेको भन्दै यहाँका कर्मचारी मेलौली नगरपालिका–१, हरिपुर बजारमा घरभाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएका छन् । निजी घरको मासिक आठ हजार रुपियाँ भाडा तिर्ने गरिएको छ ।   

यहाँको सबडिभिजन वन कार्यालयले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका हेर्ने भनिए पनि यहाँ वन अधिकृत नै बस्दैनन् । भाडाको घरबाट सञ्चालित सबडिभिजन वन कार्यालय तीन जना वन रक्षकको भरमा चलेको छ । आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दा कहिलेकाहीँ एक्लै बस्नु पर्ने भएकाले भूतको डरले बस्न नसकिएको कर्मचारीले बताएका छन् ।  

भूतले तर्साउँछ भन्ने सुनेका कारण भाडाको घरमा बस्दै आएको सबडिभिजन वन कार्यालय मेलौलीका वन रक्षक प्रशान्त ओझाले बताउनुभयो । दरबन्दी अनुसार कर्मचारी भइदिए आफ्नै भवनमा राति आगो बालेर भए पनि बस्न सकिने वन रक्षक ओझाले बताउनुभयो । 

भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपर्दा नर्सरी कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइएको छ । तीन वटा स्थानीय तहमा बाँडिने वन पैदावरमा आधारित नर्सरी जिल्ला सदरमुकामको डिभिजन वन कार्यालयमा राख्ने गरिएको छ । तेजपत्ता, टिमुर, ओखर, अमलालगायतका बिरुवा सदरमुकामबाट ल्याउने गरिएको छ । आफ्नै भवन भएको स्थानमा पर्याप्त जग्गा भए पनि भूतको डरले कर्मचारी बस्ने वातावरण बन्न नसकेको बताइन्छ ।  

आफ्नै भवनमा वनका कर्मचारी नबस्नुको कारण सोधपुछ गर्दा भूतकै कुरा आउने गरेको मेलौलीका स्थानीय चिन्तामणि भट्टले बताउनुभयो । मेलौली नगरपालिका–६, लामालेक बजारबाट १५ मिनेटको दुरीमा रहेको जेवलासैनीको जङ्गल रहेको सबडिभिजन वन कार्यालय वर्षौंदेखि कर्मचारीविहीन हुँदा वन फँडानी बडेको उहाँले गुनासो गर्नुभयो । 

डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले आफूलाईसमेत भूतले तर्साएको भन्दै सरकारी भवन छाडेर भाडामा कार्यालय सञ्चालन भएको बताउनुभयो । 

उहाँले मेलौलीमा मात्रै होइन, बैतडीमा रहेको डिभिजन वनमै राति भूतले तर्साउने गरेको राति १२ देखि १ बजेको समयमा मानिस हिँडेको जस्तो आवाज आएपछि ढोका बज्ने र उठेर बाहिर हेर्दा केही नदेखिने बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर