नेभिगेसन मेनु

स्ट्रिट लाइटले राजमार्ग सडक झिलिमिली
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-26 12:58

Dhangadhi-333

फागुन १४ गते । कैलालीको धनगढीस्थित छ लेन सडक स्ट्रिट लाइटले झिलिमिली बनेको छ । धनगढी उपमहानगरपालिकाको कार्यालयले ३१ लाख रुपियाँ खर्चेर छ लेन सडकमा स्ट्रिट लाइट जडान गरेको हो । लाइटका कारण रात्रिकालीन समयमा छ लेन सडक अझ सुन्दर देखिएको छ । 

सडकको २६५ पोल र १४० त्रि गार्डमा स्ट्रिट लाइट जडान भएको उपप्रमुख कन्दकला रानाले बताउनुभयो । यसै गरी, त्रिनगर भन्सार गेटमा तीन लाख रुपियाँ लागतमा फ्लड लाइट पनि जडान गरिएको छ । त्यस्तै, धनगढी विमानस्थलदेखि छ लेन सडकसम्म १० लाख रुपियाँ लागतमा सडक बत्ती जडान गरिएको छ । १० लाख रुपियाँ लगानीमा सडक बत्ती जडान गरिएको उपप्रमुख रानाले जानकारी दिनुभयो । 

स्ट्रिट लाइट र सडक बत्तीको हिजो साँझ सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले धनगढीको विकासमा तीन तहकै सरकारको सहकार्यमा विकास निर्माण भइरहेको बताउनुभयो । प्रदेशको एक मात्र उपमहानगरपालिकालाई नमुना सहर बनाउन तीनै तहका सरकारले मिलेर काम गर्ने मन्त्री देउवाको भनाइ थियो ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर