नेभिगेसन मेनु

कर्णालीको पानी धारामा पुर्‍याउन सुरु
सम्पादक:南亚网络电视
समय:2024-03-03 12:44

खानेपानी-आयोजनाको-शिलन्यास-गर्दै-मुख्यमन्त्री-शाह2

फागुन २० गते । कैलालीको लम्कीमा कर्णाली नदीको पानीलाई लिफ्टको माध्यमबाट तानेर शुद्ध खानेपानी घर घरमा पु्र्‍याउने उद्देश्यसाथ खानेपानी आयोजनाको काम सुरु भएको छ । आयोजनाले पूर्णता पाएपछि लम्कीचुहा नगरपालिकाका करिब १३ हजार घरधुरीका उपभोक्ताले शुद्ध खानेपानी उपभोग गर्न पाउने छन् । लम्कीचुहाको लगानीमा खानेपानी तथा सरसफाइ आयोजनाको शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभयो ।

लम्कीचुहा नगरपालिका–३, बल्चौरमा उद्घाटन गरिएको आयोजनाको कुल लागत ९० करोड रुपियाँ रहेको छ । पहिलो चरणको आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री शाहले खानेपानी आयोजनाले लम्कीचुहावासीलाई समयमै शुद्ध खानेपानीको सुविधा दिने गरी काम हुने बताउनुभयो । उहाँले निर्माण कार्यलाई छिटोछरितो र गुणस्तरीय रूपमा समयमै पूरा गराउन निर्माण कम्पनीलाई सुझाव दिनुभयो । पहिलो चरणमा कर्णाली नदीको पानी लिफ्ट प्रविधिबाट तानेर राखिने पाँच मिटर जमिनमुनि र पाँच मिटर जमिनभन्दा माथि गरी १० मिटरका पाँच वटा इनार निर्माण हुने छन् । त्यससँगै चार लाख ५० हजार लिटर क्षमता भएको भूमिगत ट्याङ्की निर्माण गरिने प्रशंसा निर्माण कम्पनीका सञ्चालक दीर्घराज जोशीले जानकारी दिनुभयो । 

१४ करोड ७७ लाख ९५ हजार ६१३ रुपियाँ लागतमा २०८२ भदौमा पूरा हुने गरेर पहिलो चरणको योजना सम्झौता भएको लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष तेजबहादुर चलाउनेले जानकारी दिनुभयो । पहिलो चरणमा आयोजनाको कुल रकममध्ये सङ्घीय सरकार खानेपानी मन्त्रालयको ७० प्रतिशत र खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २५ प्रतिशत लगानी रहने जनाइएको छ । खानेपानी आयोजनाले उपभोक्ताको घर घरमा कर्णाली नदीको शुद्ध खानेपानी पुग्ने विश्वास व्यक्त गर्दै पुरानो प्रविधिका कारण पानीको गुणस्तरमा कमी, पाइपमा पानी अवरुद्ध हुनेलगायतका समस्या समाधान हुने अपेक्षा खानेपानीका अध्यक्ष चलाउनेको छ । प्रतिसेकेन्ड एक सय आठ लिटरका दरले पानी तानेर ४८५ किलोमिटर नयाँ पाइपलाइनमार्फत कर्णाली नदीको पानी उपभोक्ताको धारासम्म पुग्ने छ । सो आयोजनाबाट लम्कीचुहा नगरपालिका वडा नम्बर १ र २ का उपभोक्तालाई पूरा र वडा नम्बर ३, ४, ५ मा आंशिक उपभोक्ताका घर घरसम्म शुद्ध खानेपानी पुग्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर