भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आइरहेका दुई वटा विमान उतै फर्केको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको आकाशमा माउन्टेन फ्लाइटमा रहेका धेरै वटा आन्तरिक विमानका कारण भारतीय विमानहरु उतै डाइभर्ट भएको बताइएको छ ।
नेपालको आकाशमा धेरै समय होल्ड गर्नुपर्ने भएकाले एअर इण्डियाको उडान नम्बर एआई २१३ को विमान र इण्डिगो एअरलाइन्सको विमान बनारस गएका हुन् ।