नेभिगेसन मेनु

चुरेमा कुवाकै पानीको भर
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-02-06 12:36

Untitled-1

माघ २३ गते  । सर्लाहीको चुरेभेगका स्थानीय अझै कुवाको पानीमा निर्भर रहेका छन् । यहाँको चुरे पाखाका विकट बस्तीमा बसोबास गर्ने स्थानीयलाई खानेपानीका लागि कुवाबाहेक अन्य विकल्प छैन । स्थानीयले खोला किनार तथा पाखापखेरामा रसाएको पानी पिउँदै आएका छन् । 

चुरेभेगसँग जोडिएको ईश्वरपुर नगरपालिकाको वडा नं. १२, लालबन्दी नगरपालिकाको वडा नं. १२, १३, १४ र १५ हरिवन नगरपालिकाको वडा नं. १ र बागमती नगरपालिकाको वडा नं. १ का स्थानीय अहिले पनि कुवाको पानीमा निर्भर रहेका छन् । अहिलेसम्म कुवा र पाखापखेरामा पानी रसाइरहे पनि अब सुक्खा बढ्दै गएर वनमा डढेलो लाग्न थालेपछि त्यही कुवा पनि सुकेर  खानेपानीको अभाव हुने स्थानीयलाई चिन्ता परेको छ ।

लालबन्दी नगरपालिका–१५, कालिन्जोर खोला दोभानका सन्तलाल वाइबाले चुरेभेगमा बस्नेले पुस्तौँपुस्ता कुवाको पानी खाएर प्यास मेट्दै आएको बताउनुभयो । कतिपय बेला कुवाको पानी पशुचौपायाले पनि खाइदिने गरेको वाइबाको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ पानीका धारा छैनन्, कुवाको पानी खाएरै प्यास मेट्ने हो । कहिलेकाहीँ त चरिचरनमा छाडिएका वस्तुभाउले  त्यही कुवाको पानी पनि खाइदिन्छन् ।” अन्य विकल्प नभएका कारण हामीले पिउने गरेका छौँ । 

दुषित पानी पिउँदा चुरेको विकट गाउँका बासिन्दामा बेलाबेलामा झाडापखालासहित अन्य पानीजन्य सङ्व्रmमण देखा पर्ने गरेको छ । हिउँदका चार महिना जति कुवासमेत सुक्दा पिउने पानीको धेरै नै समस्या हुने चुरेभेगका स्थानीयको गुनासो छ । पालिकाले केही बस्तीमा खानेपानीको धारा पु-याए पनि टाढा टाढा रहेका सबै घरधुरीमा खानेपानीको पहुँच पुग्न सकेको छैन । लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङले करिब आठ सय घरधुरी रहेको आफ्नो वडामा सबै जसोले कुवाको पानी नै पिउने गरेको जानकारी दिनुभयो । “हामीले भर्खरै मात्र मुहानबाट पाइप जोडेर ३० घरमा खानेपानीको धारा झारेका छौँ, त्योबाहेक त अन्य सबै घरधुरीले कुवा र पाखाको जरुवा पानी पिउने हो,” वडाध्यक्ष घिसिङले भन्नुभयो, “चुरेको विकट गाउँमा खानेपानीको अन्य विकल्प नै छैन ।” वडाध्यक्ष घिसिङले घरहरू टाढा टाढा छरिएर रहेका र भूगोल पनि असाध्यै ठुलो रहेकाले चुरेभेगका सबै घरधुरीमा खानेपानीको धारा पु¥याउन स्थानीय स्तरबाट असम्भव जस्तै रहेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर