नेभिगेसन मेनु

जाडोमा निःशुल्क कपडा बैङ्क
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-26 12:55

kapada-bank

माघ १२ गते ।  न्यानो लुगा नभएर जाडोले कठ्याङ्ग्रिनुपर्ने बाध्यता भए कपडा बैङ्क जानुहोस्’ भन्ने भनाइ यहाँ प्रचलित बनेको छ । माघ १ गते बैतडी सदरमुकाममा खुलेको कपडा बैङ्कबाट पाँच दिनको अवधिमा ३५ जना गरिब र अति विपन्नले निःशुल्क रूपमा न्यानो कपडा लिएका छन् । 

माया घर नेपाल र बैतडीका स्थानीय युवाको अगुवाइमा कपडा बैङ्क स्थापना भएपछि आमाबुवा नभएका सहाराविहीन बालबालिका, गरिब, विपन्न तथा एकल महिलालाई कम्बल, ज्याकेट, स्वेटर, टोपीलगायत न्यानो लुगा वितरण गरिएको छ । 

‘हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर अभियानमा सहभागिता जनाऔँ’ भन्ने नारासहित कपडा बैङ्क स्थापना भएको समाजसेवी युवा महेशदत्त भट्टले बताउनुभयो । जाडोले कठ्याङ्ग्रिएका मानिसले कपडा बैङ्कमा सम्पर्क गरेर निःशुल्क कपडा लैजान आह्वान गरिएको उहाँले बताउनुभयो ।  

कपडा बैङ््कलाई माया घर नेपाल, धनगढी कपडा बैङ्क, बैतडीका पूर्वप्रमुख जिल्ला अधिकारी सुरेश पन्थी, सशस्त्र प्रहरी बल नेपालका बैतडी प्रमुखलगायतका कर्मचारी र समाजसेवीले निःशुल्क रूपमा कपडा प्रदान गर्नुभएको छ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर