नेभिगेसन मेनु

दक्षिण भेगमा शैक्षिक स्तर खस्किँदै : मुख्यमन्त्री
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2024-01-24 14:08

IMG20240123133145

माघ १० गते । जिल्लाको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनाएको बर्दीबास–३, पाटुस्थित जनजागृति माध्यमिक विद्यालयले मङ्गलबार स्वर्ण जयन्ती मनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, बर्दीबास नगर प्रमुख प्रह्लादकुमार क्षेत्री, सङ्घीय तथा प्रदेश सांसदले विद्यालयको प्राङ्गणमा पूर्वविद्यार्थीको सहयोगमा निर्मित स्वर्ण स्तम्भको अनावरण गर्नुभएको थियो । 

मुख्यमन्त्री यादवले स्थानीय तहलाई शिक्षाको अधिकार दिएपछि मधेश प्रदेशको उत्तरी भेगको तुलनामा दक्षिणी भेगको शैक्षिक स्तर खस्किँदै गएको बताउनुभयो । एउटै प्रदेशको उत्तर र दक्षिणमा किन यस्तो हुन पुग्यो ? आफैँमा टड्कारो प्रश्न बनेको उहाँको भनाइ थियो । 

उहाँले सोमबार राजविराजमा कृषि विश्वविद्यालय शिलान्यासका क्रममा भएको अप्रिय घटनालाई उद्धृत गर्दै विकासका काममा राजनीति गर्न नहुने धारणा राख्नुभयो । विकासको काममा राजनीति र अवरोध गर्नु राम्रो कुरो नभएको उहाँले बताउनुभयो । 

नगर प्रमुख प्रह्लाद क्षेत्रीसँगको परामर्शमा यसै आर्थिक वर्षभित्र बर्दीबासमा एउटा गौरवको योजना उपलब्ध गराउने मुख्यमन्त्रीले आश्वासनसमेत दिनुभयो । नगर प्रमुख क्षेत्रीले आफू निर्वाचित भएर आएदेखि नगरको शिक्षा र स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको बताउनुभयो । 

बर्दीबास–३ स्थित चुरे र भावर क्षेत्रको मध्यबिन्दु रहेकोे पाटुमा स्थानीय शिक्षाप्रेमीको सहयोगमा स्थापित यो विद्यालयले जिल्लाको उत्तरी भेगको शैक्षिक विकासमा पु¥याएको योगदान सबैका लागि प्रेरक र उदाहरणीय भएको वडाध्यक्ष विराट विष्टले बताउनुभयो । २०२८ सालतिर सानो झुपडीमा २४ जना बालबालिका जम्मा पारी  सुरु भएको यस विद्यालयले अनेकौँ आरोह अवरोह पार गर्दै अहिले कक्षा १२ सम्मको पठनपाठन गराइरहेको प्रधानाध्यापक रमा ढकालले बताउनुभयो । कालखण्डको ५० वर्ष पार गरिसक्दा विद्यालयमा अहिले करिब ३०० विद्यार्थी, १८ जना शिक्षक र तीन कर्मचारी कार्यरत छन् । यस अवधिमा १५ जना प्रधानाध्यापकले सेवा प्रदान गरेको ढकालले स्मरण गर्नुभयो । 

समयचव्रmसँगै विद्यालयले शैक्षिक र भौतिक प्रगतिमा उदाहरणीय कार्य भए पनि पछिल्लो समय विषयगत शिक्षकको अभाव र अप्रत्यासित शिक्षक सरुवाले विद्यालयको पठनपाठनमा टड्कारो समस्या सिर्जना गरेको उहाँले बताउनुभयो । “यी समस्याले विद्यार्थी ‘ड्रप आउट’ हुने थप समस्या सिर्जना गरेको छ,” उहाँले भन्नुभयो । स्वर्ण जयन्ती उद्घाटन समरोहलाई सम्बोधन गर्दैै सङ्घीय सांसद एवं उक्त विद्यालयका पूर्वप्रधानाध्यापक श्याम घिमिरे, महोत्तरी क्षेत्र नं. १ का सांसद लक्ष्मी महतो, प्रदेश सांसद भरत साह, शारदादेवी थापा, सरोजकुमार यादवलगायतले समाज उत्थानमा विद्यालयले पुर्‍याएको योगदानबारे धारणा राख्नुभएको थियो । 

विद्यालयका पूर्वशिक्षक, विद्यार्थी, शिक्षाप्रेमी र शुभेच्छुकको सहयोगमा स्वर्ण जयन्ती समारोहलाई प्रेरक र स्मरणीय बनाउन विविध कार्यक्रमको आयोजना गरिएको थियो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर